भगवानसँग प्रार्थना गर्छु, एमाले माओवादी छिटो मिलुन् : प्रदीप पौडेल
सारांश
- काठमाडाै, ३१ वैशाख।
- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सत्ताबाहिर हुँदा भारतको विरोध गर्नु र सत्तामा हुँदा भारतसँग लत्रिनु हुनु नेपालका कम्युनिष्टको चरित्र भएको बताएका छन् ।
- विर्तामोडमा सोमबार आयोजित भेटघाटमा बोल्दै केन्द्रीय सदस्य पौडेलले केपी ओली प्रधानमन्त्री भएकै बेला नाकाबन्दी गरेको बिर्सिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्नु गलत परम्पराको सुरुवात गरेको टिप्पणी गरे ।
काठमाडाै, ३१ वैशाख। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सत्ताबाहिर हुँदा भारतको विरोध गर्नु र सत्तामा हुँदा भारतसँग लत्रिनु हुनु नेपालका कम्युनिष्टको चरित्र भएको बताएका छन् ।
विर्तामोडमा सोमबार आयोजित भेटघाटमा बोल्दै केन्द्रीय सदस्य पौडेलले केपी ओली प्रधानमन्त्री भएकै बेला नाकाबन्दी गरेको बिर्सिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्नु गलत परम्पराको सुरुवात गरेको टिप्पणी गरे ।
कार्यक्रममा शक्ति आर्जन गर्नका निम्ति मात्र एमाले माओवादी एकता हुन लागेको उल्लेख गर्दै उनले केन्द्रीय सदस्य पौडेलले कम्युनिष्ट भर्सेज कांग्रेस हुनु जरुरी रहेको तर्क गरे । पौडेलले भने, ‘भगवानसँग प्रार्थना गर्छु, एमाले माओवादी छिटो मिलुन् ।’
कार्यक्रममा बोल्दै उनले एमाले माओवादी–केन्द्र एक भए माओवादी केन्द्रका ६० प्रतिशत कार्यकर्ता अहिले जंगलमा भएको विप्लवको पार्टीमा जाने र त्यसपछि सत्ताधारीहरु नै हिंसाको निशानामा पर्ने जिकीर गरे ।
समयअनुसार पार्टी चल्न नसक्नु र संविधान जारी भएपछि भएका केही गलत कार्यका कारण पार्टीले चुनावमा हार ब्यहोर्नुपरेको बताए ।
कार्यकर्ता भेटघाटका क्रममा बोल्दै पौडेलले कांग्रसलाई समाजको मान्यतासँग जोड्नु मुख्य चुनौती रहेको बताउँदै भने, ‘एक्काइसाँै शताब्दीका समस्या समाधान गर्नसक्ने बहस खोज्नु पर्छ ।’
पार्टी केन्द्रीय बैठकपछि नियुक्त भएका पदाधिकारीहरू व्यक्तिगत रुपमा अयोग्य नभएपछि विधि र प्रक्रिया गलत भएको उनको भनाई थियो ।
Lali Gurans Guest House
Nautanki nagarda ramro
Kc Ganesh
बहिर बाहिर देखावटी मा हाला भित्र त नमिलुन भनेर बाेकाे भाकनु भाकै होला ।
Rajesh Thapa
Namilda Congress lai k hunxa
Krishna Thakuri
गुरु त नेपाली काँग्रेस नै हो गुरुले चेलालाई त्यसतै संस्कार सिकाए पछि चेलाले त्यस्तै सिक्याे
Khadendra Thapa
कालो बोको भाकल गरेपनि एक दिन एकता हुनेछ
Rup Bahadur Kc
छिटो फुटुन भन्ने चाहान्छौ होला
Ganesh Shakya
मिल्ने दिन टरेर गइसकेको छ ।
Surendra Parajuli
कांग्रेस काे हालत प्रजापरिषदकाे हाेला जस्ताे छ पार्टी छाेडेर प्रवेश गर्न त अाटेका हैनन् यिनले ?
Meg Shrestha
काङ्ग्रेसको चुरिफुरी सकियो अब मात्र बिरोध
Tokendra Gadhraj
मनै देखिकी बाहिरी बाहाना ?
Chiranjibi Bhusal
एमाले माआेबादि एकता होला नहोला तर तिम्रो देऊवा र रामचन्द्र पक्ष बिच एकता कहिले हुन्छ।
Shiva Sitaula
Good idea
S.K. Thapa
त सच्चि
Parmod Safal
Bhagwan ma asta nahunele keko Prathana Garne ho