राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?

सारांश

  • कैलाली ,मंसिर ४  २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले जितेको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा मनोनयन दर्ता शुरु भएसँगै कैलाली ५ मा कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको हो ।
  • गएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जितेको यस क्षेत्रमा प्रधानमन्त्री देउवाकै पत्नी डा आरजु राणा देउवा यस क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनाव लड्ने भएपछि थप चर्चा बढेको हो ।
  • डा राणाको मुख्य प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना र विवेकशील साझाका तर्फबाट उम्मेदवारी दिएका कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी दिनेशराज भण्डारी छन् ।

कैलाली ,मंसिर ४ 

२०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले जितेको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा मनोनयन दर्ता शुरु भएसँगै कैलाली ५ मा कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको हो ।

गएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जितेको यस क्षेत्रमा प्रधानमन्त्री देउवाकै पत्नी डा आरजु राणा देउवा यस क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनाव लड्ने भएपछि थप चर्चा बढेको हो ।

डा राणाको मुख्य प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना र विवेकशील साझाका तर्फबाट उम्मेदवारी दिएका कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी दिनेशराज भण्डारी छन् ।

काँग्रेसको पकड राम्रो मानिएको क्षेत्र नं ५ रोज्नुभएकी डा राणाले यस क्षेत्रको विकास र समृद्धि आफ्नो मुख्य एजेण्डा भएको बताएकि छिन् । डा राणाले धनगढी विमानस्थलको स्तरोन्नति तथा नेपाल–भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूले पहल गर्ने उल्लेख गरेकी छिन् ।

वाम गठबन्धनबाट साझा उम्मेदवारी रहेका नारदमुनि रानाले रानाथारू समुदायका मत तान्ने अपेक्षा गरिएको छ । रानाथारूको बाक्लो बसोबास भएको यस क्षेत्रमा त्यो समुदायका ३० हजार मतदाता रहेका छन् । रानाले २०५४ सालमा धनगढी नगरपालिकामा उपप्रमुखमा चुनाव जितेका थिए ।

रानाले लामो समयसम्म लगानी र योगदान रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । उनले धनगढी उपहानगरपालिकालाई एउटा व्यवस्थित र सुन्दर शहरका रुपमा परिणत गर्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने, जलस्रोत विकासलाई प्राथमिकतामा राखेर ऊर्जा उत्पादन गर्नेतिर छुट्टै योजना रहेको बताउँदै आएका छन् ।

त्यसैगरी विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दिनेशराज भण्डारी यस क्षेत्रका स्थानीय व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उनको छवि पनि राम्रो बनेको छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा उपमहानगरपालिकाको स्वतन्त्र प्रमुख पदका उम्मेदवार व्यवसायी गोपाल हमालले राम्रो मत पाएकाले भण्डारीको पक्षमा पनि राम्रो मत पाउने धेरैको मत छ । हमाल हाल विवेकशील साझा पार्टीका ७ नं प्रदेशका संयोजक छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?