निर्वाचनका लागि आवश्यक पर्ने सबै सहयोग गर्ने:मोदी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७३
|
|
४६० पटक हेरिएको
Shares
निर्वाचनका लागि आवश्यक पर्ने सबै सहयोग गर्ने:मोदी

सारांश

  • उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
  • भारतीय प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्गमा भएको भेटवार्तामा गृहमन्त्री निधीले कञ्चनपुर घटनाबारे कुरा उठाएका छन् ।
  • जवाफमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरिसेको बताएको निधीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।


भारतीय प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्गमा भएको भेटवार्तामा गृहमन्त्री निधीले कञ्चनपुर घटनाबारे कुरा उठाएका छन् । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरिसेको बताएको निधीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

कञ्चनपुर घटनाको सुक्ष्म अध्ययन भइरहेको भन्दै उनले दोषीलाई काराबाही गर्न भारत सरकार तयार रहेको बताए ।

भेटमा गृहमन्त्री निधीले नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भारतले ‘लजिस्टिक सपोर्ट’ गर्न आग्रह गरे । मोदीले निर्वाचनका लागि आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको पनि आश्वासन दिएका छन् ।

प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चार दिनअघि नयाँ दिल्ली पुगेका निधिले विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायतसँग पनि भेट गरेका छन् । उपप्रधानमन्त्री निधि शुक्रबार नै स्वदेश र्फकने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?