अष्ट्रेलियामा बिएमडब्लु क्रिकेट कप सगरमाथा क्लबलाई !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
६२ पटक हेरिएको
Shares
अष्ट्रेलियामा बिएमडब्लु क्रिकेट कप सगरमाथा क्लबलाई !

सारांश

  • मेलबर्न, अष्ट्रेलिया, १५ कात्तिक ।
  • अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न बिएम डब्लु कप क्रिकेटकाे उपाधी सगरमाथा क्लबले जितेकाे छ ।
  • राेयल राइनाेजलाई राेमाञ्चक खेलमा ३ रनले हराउँदै सगरमाथाले उपाधी जितेकाे हाे ।

मेलबर्न, अष्ट्रेलिया, १५ कात्तिक । अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न बिएम डब्लु कप क्रिकेटकाे उपाधी सगरमाथा क्लबले जितेकाे छ । राेयल राइनाेजलाई राेमाञ्चक खेलमा ३ रनले हराउँदै सगरमाथाले उपाधी जितेकाे हाे । १ सय २८ रनकाे लक्ष्य पछ्याएकाे राइनाेजले निर्धारित २० अाेभरमा १ सय २४ रनमात्र बनाउन सकेकाे थियाे । उपाधीसँगै सगरमाथा क्लबले २ हजार डलर पनि हात पारेकाे छ ।

प्रतियोगितामा मात्र १६ रन खर्चेर ४ विकेट लिन सफल रोयल राईनोज क्रिकेट क्लबका पुकार भण्डारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको वेष्ट व्याट्सम्यान एक्सपर्ट क्रिकेट क्लबका क्याप्टेन सुनम गौतम बन्न सफल भए भने बेष्ट बलर सुनोद श्रेष्ठ, बेष्ट फिल्डर निरज श्रेष्ठ, बेष्ट विकेटकिपर आशिष जिसी, म्यान अफ द सिरिज चाँद श्रेष्ठ, क्याच अफ द टुर्नामेन्ट नारेकिंग्सका शिशिर घोषित भएका थिए ।

रोयल राईनोज क्रिकेट क्लब आयोजक रहेको यो प्रतियोगिताको प्रायोजन बिएमडव्लु एजुकेसन एण्ड भिसा सर्भिसेजले गरेको थियो । त्यस्तै भिक्टोरियन नेप्लिज क्रिकेट एशोशियसनको सहयोगमा भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनले व्यबस्थापन गरेको थियो ।

अाप्रवासी नेपाली खेलाडिहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले सेप्टेम्बर ९ बाट शुरु भएकाे प्रतियाेगिता करिब दुई महिना चलेकाे थियाे । प्रमुख अतिथिको रुपमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले खेलको माध्यमबाट समुदायलाई एकताबद्ध गर्नुका साथै आफ्नै स्वास्थ्यको लागि समेत लाभदायक हुने भएकोले यसतर्फ सबैलाई प्रोत्साहित गरिनुपर्ने धारणा राखेका थिए । बिएमडब्लू मेलबर्नका निर्देशक विष्णु सापकोटाले क्रिकेट खेललाई पेशा बनाउँदै यहाँको प्रतिष्ठित प्रतियोगिताहरुमा समेत नेपाली खेलाडी पुग्न सकुन् भन्ने शुभकामना दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘एक्सन रुम’बाटै प्रधानमन्त्रीको निरीक्षण
‘एक्सन रुम’बाटै प्रधानमन्त्रीको निरीक्षण
अब म रुन्नँ, आस्था डगमगाउन दिन्न( आस्था राउत)
अब म रुन्नँ, आस्था डगमगाउन दिन्न( आस्था राउत)
ओएसनेपाल म्युजिक अवार्ड असार २४ मा
ओएसनेपाल म्युजिक अवार्ड असार २४ मा
क्यासिनोले सरकारलाई बुझाएनन एक अर्व ५७ करोड, अब होटलले तिर्नुपर्ने
क्यासिनोले सरकारलाई बुझाएनन एक अर्व ५७ करोड, अब होटलले तिर्नुपर्ने
रोल्पाली दिलबहादुरलाई साउदी अदालतले तोक्यो झण्डै ६३ लाख ब्लडमनि
रोल्पाली दिलबहादुरलाई साउदी अदालतले तोक्यो झण्डै ६३ लाख ब्लडमनि
अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट
अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट
प्रधानमन्त्रीले आज सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै
प्रधानमन्त्रीले आज सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया
सेक्सका यी ५ आशन महिलालाई असाध्यै मन पर्छ
सेक्सका यी ५ आशन महिलालाई असाध्यै मन पर्छ