महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
सारांश
- एजेन्सी।
- बलिउड अभिनेत्री कंगना रनोटले फिल्म निर्माता विकास बहलमाथि लागेको यौन दुव्र्यवहारको आरोप सही भएको बताएकी छन्।
- कंगनाका अनुसार फिल्म ‘क्वीन’ को शुटिङका क्रममा विकासले आफूमाथि बेला बेलामा अहसज महसुस गराएको बताइन्।
एजेन्सी। बलिउड अभिनेत्री कंगना रनोटले फिल्म निर्माता विकास बहलमाथि लागेको यौन दुव्र्यवहारको आरोप सही भएको बताएकी छन्। कंगनाका अनुसार फिल्म ‘क्वीन’ को शुटिङका क्रममा विकासले आफूमाथि बेला बेलामा अहसज महसुस गराएको बताइन्। प्रोडक्शन हाउस ‘फ्यान्टम फिल्म्स’ की एक महिला कर्मचारीले २०१७ मा विकासमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् तब कंगनाले ती महिलालाई सहयोग गरेकी थिइन्।
कंगनाले भनिन्–मैले विकाससँग फिल्म क्वीनको शुटिङ गरेकी छु। उनी जतिबेला भेट हुँदा पनि मलाइ जोडसँग अंकमाल गर्थे। मलाइ उनीबाट छुटाकार पाउन निकै मुश्किल हुन्थ्यो। आफ्नो मुख मेरो गर्धनमा राख्थे। मेरो कपाल सुँध्थे र अनि भन्थे–तिम्रो वासनासँग मेरो प्रेम छ।’कंगनाले अगाडि भनिन्–म ती पीडित महिलाको कुरामा विश्वास गर्छु। विकासले २०१४ मा विवाह गरेका थिए। जब हामी क्वीन फिल्मको शुटिङ गरिरहेका थियौं, त्यतिबेला विकास विवाहित थिए। विवाहित भएपनि उनी सधैं नयाँ पार्टनरसँग शारीरिक सम्बन्ध राख्ने कुरा गर्थे।’
कंगनाले अगाडि थपिन्–म मानिसको जज गर्दिन। न म उनीहरुको विवाहको नै जज गर्छु। तर जब कुनै बानी विमारी बन्यो भने मानिसहरु यस्तो कुरा गर्छन्। विकास प्रत्येक राति पार्टी गर्थे। मलाइ उक्त पार्टीमा सहभागी हुन लज्जीत पार्थे। विकास त्यतिबेला मसँग हरियाणाको गोल्ड मेडलिस्ट माथि बनिरहेको फिल्म लिएर आएका थिए। तर जब मैले ती पीडित महिलाको पक्षमा बोल्न थालेँ तब विकास मसँग बोल्न छोडे।’ कंगना र विकासको फिल्म ‘क्वीन’ लाई नेशनल अवार्ड प्राप्त भएको थियो। यसमा बेस्ट एक्ट्रेस, बेस्ट डाइरेक्टर, बेस्ट फिल्म, बेस्ट ब्याकग्राउण्ड स्कोर बेस्ट एडिटिङ र बेस्ट सिनेमाटोग्राफीका अवार्ड प्राप्त भएको थियो। रमाइलो त के छ भने महिलाको स्वतन्त्रताको वकालन गर्ने यो फिल्मको शुटिङका क्रममा एक महिलाले यौन दुव्र्यवहारको सामना गर्नु परेको थियो।
प्रतिक्रिया