निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने देउवाको चेतावनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
४१ पटक हेरिएको
Shares
निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने देउवाको चेतावनी

सारांश

  • हेटौँडा, ३ वैसाख : नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताउनुभएको छ ।
  • नेपाल तरुण दलको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
  • तरुण दललाई अनुशासित र जिम्मेवार बनाउनुपर्ने उहाँको भनाइ थियो ।

हेटौँडा, ३ वैसाख : नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताउनुभएको छ ।

नेपाल तरुण दलको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तरुण दललाई अनुशासित र जिम्मेवार बनाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताउनुभयो । फरक प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण हुन पुगेको आरोप लगाउनुभयो ।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, रामकृष्ण यादव र महेन्द्र यादवले मुलुकमा निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापना गर्न वर्तमान सरकारले विभेद गर्न नहुने बताउनुभयो ।

प्रशिक्षणमा ३ नं प्रदेशका तरुण दलका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र केन्द्रीय पार्षद गरी ३२५ प्रतिनिधिको सहभागिता भएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sangita Panta Pathak

    Time jasto vrastachare ! Deshdrohe, netalaiechae kasle karbaie garne ne?

    Comment Author

    Pramesh Bishwas

    Good news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुस्त र ब्यबस्थित महाधिवेशनको तयारी गर्नुस् : कमल थापा
चुस्त र ब्यबस्थित महाधिवेशनको तयारी गर्नुस् : कमल थापा
संकटाको पोस्टमा आर्मीको गोल वर्षा
संकटाको पोस्टमा आर्मीको गोल वर्षा
काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा
काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध  : मुख्मन्त्री पौडेल
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्मन्त्री पौडेल
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु
भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नजिक
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
किन बढ्यो सम्बन्ध विच्छेद गर्नेको संख्या ?
किन बढ्यो सम्बन्ध विच्छेद गर्नेको संख्या ?
टी-२० विश्वकपः क्यानडाद्वारा आयरल्याण्ड पराजित
टी-२० विश्वकपः क्यानडाद्वारा आयरल्याण्ड पराजित