गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार

सारांश

  • काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात प्रदेश र स्थानीय तहमा भएका विसंगतिविरुद्ध अनुसन्धान चुस्त बनाउन नसकेको देखिएको छ ।
  •  आजको नागरिकमा समाचार छापेको छ ।
  • प्रदेश  र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सुक्ष्म तहबाट अनुसन्धान गर्ने आयोगको प्रभावकारी संयन्त्र नहुँदा स्थानीय तहमा भ्रष्टाचार मौलाउन थालेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात प्रदेश र स्थानीय तहमा भएका विसंगतिविरुद्ध अनुसन्धान चुस्त बनाउन नसकेको देखिएको छ । आजको नागरिकमा समाचार छापेको छ ।

प्रदेश  र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सुक्ष्म तहबाट अनुसन्धान गर्ने आयोगको प्रभावकारी संयन्त्र नहुँदा स्थानीय तहमा भ्रष्टाचार मौलाउन थालेको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सचिवबाट भएका भ्रष्टाचारका उजुरी दैनिकजसो अख्तियारमा आउन थालेका छन् ।

निर्वाचन भएको एक वर्ष नपुग्दै स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै परेका उजुरीको चाङ अख्तियारमा लागे पनि अहिलेसम्म उजुरीमाथि छानबिन र दोषीमाथि कारबाही भएको छैन ।

अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले स्थानीय तहमा अध्यक्ष र सचिवले भ्रष्टाचार गरेको भन्दै उजुरीहरू परेको स्वीकार्दै अनुसन्धान थालिसकेको बताए । अख्तियारको विद्यमान संरचनाले पनि प्रदेश र स्थानीय तहमा अनुसन्धान गर्न सक्ने दाबी उनले गरे । स्थानीय तहमा करिब ३५ हजार र प्रदेशमा ३३० जनप्रतिनिधिसहित निजामती कर्मचारी कार्यरत छन् ।

प्रवक्ता मैनालीले भने,  -अख्तियारको वर्तमान संरचनाले काम गर्न सक्ने भए पनि सात प्रदेशमा आयोगको निर्वाह गर्नुपर्ने भूमिकाबारे तीन महिनादेखि अध्ययन भइरहेको छ ।

-ओ एन्ड एम (संगठन र व्यवस्थापन) सर्बे मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Kaha Gayo Aakhtiyar Durupayog Aayog

    Comment Author

    Prakash Thapa

    Anamiyetaa huna nadeu.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?