लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०८०
|
|
१९ पटक हेरिएको
Shares
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की

सारांश

  • लुम्बिनी ।
  • लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
  • वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् ।

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् ।

वैशाख १५ मै मन्त्री बन्नुभएका नागरिक उन्मुक्ति पार्टीबाटमन्त्री बन्नुभएका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेको अझै जिम्मेवारी तोकिएको छैन । यसअघि १० वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई तोकिएको थियो ।

बजेट बनाउने बेलामा अर्थ मन्त्रालय नेतृत्वविहिन हँुदा बजेट निर्माणमा समस्या हुने भएपछि एक मन्त्रीको मात्रै जिम्मेवारी तोकिएको, बाँकी मन्त्रीको जिम्मेवारी र मन्त्रीमण्डल पनि अब केही दिनभित्र गरिने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

प्रदेश सरकारको आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले एक मन्त्रीको मात्रै जिम्मेवारी तोक्ने निर्णय गरेको प्रवक्ता पाण्डेले जानकारी दिए । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस चार, माओवादी तीन र अन्य छ साना दललाई एक÷एक मन्त्रालय दिने तथा मन्त्रालय थप्नेसम्मको गृहकार्यमा सरकार छ ।

वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले १५ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । सतासी सदस्यीय प्रदेश सभामा आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्बाब्वेका पूर्व शासक मुगाबेको बाटो नरोज्न प्रधानमन्त्री ओलीलाई मीनेन्द्र रिजालकाे चेतावनी
आजको मौसम कस्तो छ ?
आजको मौसम कस्तो छ ?
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि
भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि
यसकारण हुन्छ जेसिबीको रंग पहेँलो
यसकारण हुन्छ जेसिबीको रंग पहेँलो
छाेरासंगै एउटै कक्षामा कानुन विषय पढ्दै अामा !
छाेरासंगै एउटै कक्षामा कानुन विषय पढ्दै अामा !
भूकम्पपीडितका लागि घरमै पुगेर बैंक खाता
भूकम्पपीडितका लागि घरमै पुगेर बैंक खाता
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
प्रदेश नं. २ मा नवप्रवेशीलाई माओवादीकाे प्राथमिकता
प्रदेश नं. २ मा नवप्रवेशीलाई माओवादीकाे प्राथमिकता
गीताकुमारीलाई १ लाख घुस खाएको भन्दै भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?