जय होस् पशुका पतिको (हास्यव्यङग्य)

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • पशुका पतिद्वारा पालित प्राणीलाई प्रणाम !
  • हुन त सबै प्राणीको पालना गर्ने पालनहार पशुका पतिको आफनै बेहाल भ’को छ, बिचरा !
  • भोले बाबाले जलाहार, फलाहार गर्नु त परै जाओस्, मुखै नधोई आप्mनै निवासमा आफनै सेवकद्वारा तालाबन्दी भई नजरबन्द हुनु परेको छ ।

पशुका पतिद्वारा पालित प्राणीलाई प्रणाम ! हुन त सबै प्राणीको पालना गर्ने पालनहार पशुका पतिको आफनै बेहाल भ’को छ, बिचरा !

भोले बाबाले जलाहार, फलाहार गर्नु त परै जाओस्, मुखै नधोई आप्mनै निवासमा आफनै सेवकद्वारा तालाबन्दी भई नजरबन्द हुनु परेको छ । माता पार्वती पारिबाट प्राणनाथलाई टुलुटुलु हे¥या हे¥यै । नन्दीभृङ्की आदि चौसठ्ठी गण पनि केही सहयोग गर्न नसकी असहाय भै मुखामुख ग¥या ग¥यै । धन्न सूर्यनारायणले छायाको अँगालोमा बाँधिन टाप कस्नै लाग्दा, लोडसेडिङ्कले सहरलाई आफनोे कालो पछ्यौरीले ढाक्न अगावै वीरबहादुर संस्कृति मन्त्रीको आदेशमा पशुपति विकास कोषले भोटे ताल्चा फोडेर भोले शङ्करलाई सङ्कटमुक्त ग¥यो र पो ! नत्र बिष, भाङ, धतुरो खाई धुनी जगाई रम्ने दिगम्बरलाई प्रत्यक्ष अनुभव हुन्थ्यो, ज्यादाजसो आफना सन्तानहरू कसरी आधा पेट पनि भर्न नपाई भोकभोकै अँध्यारामा बाँच्दा हुन् भनेर । अनि बल्ल आफनो सन्तानको दुःखपीडाको अनभूति भै उनीहरूको दुःखपीडा हरणार्थ त्रिपुरारीको तेस्रो नेत्र खुल्थ्यो कि ?

जन्मेदेखि नै हरेक दिन जल स्नान, पञ्चामृत स्नान, दूध स्नान आदि नानाथरी स्नान गरी शास्त्रीय विधि विधानअनुसार पूजा, प्रार्थना स्वीकारी भोजन ग्रहण गर्ने हाम्रा बाउको दैनिकीमा जिन्दगीमा पहिलो पटक अहिले आएर क्रम–भङ्कता भयो । ननुहाई बस्नुप¥यो । खानपान, पूजाअर्चना, सुत्उठ्, आदि हरेक कुरामा डमरूवालालाई डिस्टर्भ भो । बिचरा बूढा भैसकेका बाउले अन्न जल विना चिसोले कठ्याङ्ग्री धुनीको आगो र भाङ धतुरो सम्झिदै एक्लै धुम्धुम्ती बस्न बाध्य हुुनुप¥यो ।

सायद नयाँ नेपाल बनाउन कम्मर कसेर लागेको सरकारको राजनीतिक खेलको एउटा राम्रो नमुना यसलाई मान्न सकिन्छ । यसबाट राजनीतिभन्दा माथि र राजनीतिबाट अछुत कोही र केही छैन भन्ने कुरा प्रमाणित भ’को छ । दुनियाँलाई आफनोे लीला ठान्ने लीलाधारी देवादिदेवले आफैँ राजनीतिको विचित्र लीलामा अल्झिनुप¥यो । छिमेकीलाई पनि चिन्ता र चासो लागेको देखियो ।

हुन त बूढा बाउलाई मायापे्रम गर्नेहरूको कमी पहिला पनि थिएन । त्यसैले कति सपुतले ‘हिँड बा !  विदेश जाऔँ, उतै बसाइँ सरेर आनन्दले बसौँ ।’ भनेका थिए । तर के गर्नु बूढाले टेरपुच्छर लाएनन् । कसैको कुरा मानेनन् । उतिखेर थपक्क ला’र मानिदिएको भए अहिले यसरी नेताको आफनोे भागमा नौनी पार्ने नीतिको नेतिको मदानी बन्ने नियती भोग्नु पर्ने थिएन । ‘बिदेश लैजान्छु ।’ भन्नेसँग गएको भए लाने, जाने दुबै मालामाल भैँ आहा ! क्या आनन्दको जिन्दगी हुन्थ्यो । तर अब के गर्नु उतिखेर बाउलाई लैजान खोज्नेहरू को कहाँ, को कहाँ पुगे । कति त बूढा बाउकै छेउछाउमा आएर खरानी बनी विलीन पनि भैसके क्यार!

खैर मध्य जाडोमा देव, पितृ मान्ने, उनीहरूको भक्ति गर्ने हाम्रा दूरदर्शी सत्तासीनबाट अपारदर्शी तरिकाले धर्मरूपि जंगलमा झोसेको आगोमा कतिले हात सेके । कतिले रोटी पकाए । कतिले निभाउने बहानामा पेट्रोल, मट्टितेल खन्याए । धुवाँ त घर छिमेकीमा देखियो नै ! धन्न, डँडेलो सल्किनु अगावै बेलैमा भोले बाबाले आगो निभाउने सद्बुद्धि दिएर पो ! नत्र के हुन्थ्यो उनै अन्तर्यामी जानून् ।
वास्तवमा जोसुकैले जेसुकै भने पनि गाँठी कुरो त बाउकै गाँठको पोकोमा गाँठो परेको जस्तो पो छ ए गाँठे ¤ नत्र छिमेकीले पूजा गर्दा चैँ भेट भेटी नै नचढ्ने अनि नयाँ नेपालका नयाँ पुजारीले पूजा गर्दा चैँ हरेक दिन त्यत्रो भेट भेटी हुने त्यो पनि हानाथाप परेको बेलामा । खुसुक्क नढाँटीकन भन त बा ! यसको रहस्य के हो ? कि कसैलाई था पत्तै नदिईकन आफनोे पुत्रको बहानलाई भूमिगत् खातामा जम्मा पार्न लगाउने ग¥या थ्यौ हँ ? त्यसैले पो ‘धन देखेपछि महादेवका पनि तीन नेत्र खुल्छन्’ भन्ने उखान चल्या हो कि क्या हो ?

(समकालिन साहित्यमा सुमी लोहनी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?