चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड

सारांश

  • काठमाडौं, १४ मंसिर।
  • निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताको नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ ।
  • यो बितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकममात्र हो ।

काठमाडौं, १४ मंसिर। निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताको नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ । यो बितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकममात्र हो । सरकारबाट आर्थिक सहायताको नाममा रकम बुझ्ने कार्यकर्ताले औषतमा एकजनाले एक लाख २३ हजार ४ सय ३५ रुपैयाँ बुझेका छन् ।

‘सीधै मन्त्रिपरिषद्ले यतिजनालाई यतियति रकम दिनू भनी निर्णय गरी पठाउँछ, जसलाई हामी रोक्न सक्दैनौं,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘हामीले मन्त्रिपरिषद्को निर्णयअनुसार रकम दिनू भनी सम्बन्धित मन्त्रालयलाई तोकेअनुसारको रकम निकासा गरिदिन्छौं ।’

पछिल्लो तीन महिनामा सरकारले आर्थिक सहायताका नाममा १५ करोड ७७ लाख ५० हजार रुपैयाँ एक हजार २ सय ७८ जना कार्यकर्तालाई दिने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार यो रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयको नाममा निकासा गरिसकेको छ । ‘यस्तो रकम छिटो निकासा गराउन यति धेरै बिचौलिया मन्त्रालय आउँछन्, सरकारले दिने भनी निर्णय गरेको व्यक्तिले पनि उक्त रकम पाउँछ कि पाउँदैन भन्ने शंकै लाग्छ,’ स्रोतले भन्यो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भइसकेपछि पनि सरकारले आर्थिक सहायताका नाममा कार्यकर्तालाई रकम दिने निर्णय गर्नुको साथै वितरण पनि गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिता असोज २४ गतेबाट लागू भएको थियो । सरकारले कात्तिक ६ गते ३ सय १० जनालाई ४ करोड ५७ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसपछि गृहले कात्तिक ११ गते उक्त रकम अर्थ मन्त्रालयसँग माग गरेको थियो । अर्थले पनि तुरुन्तै उक्त रकम गृहको नाममा निकासा गरिदिएको थियो ।

‘कार्यकर्तालाई आर्थिक सहायताको नाममा रकम बाँड्ने कार्य नियमित प्रक्रियाजस्तै भइसक्यो । यसलाई रोक्न कसैले पहल  गरेको छैन । मन्त्रिपरिषद्को निर्णयलाई मन्त्रालयले रोक्न सक्दैन । त्यसैले यस्तो प्रस्ताव सीधै मन्त्रिपरिषद्मा लग्ने गरिन्छ,’ स्रोतले भन्यो ।

(नागरिक दैनिकबाट)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    सीता त्रिपाठी

    हो र त्यही भएर पो रॉगा,खसि र रक्सीको खोला बगेको रहेछ हगी

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
खसीबजार मेलामा सोह्र लाखको खसी बिक्री
खसीबजार मेलामा सोह्र लाखको खसी बिक्री
सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)
सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई  आदेश
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई आदेश
शेयर बजार उकालो, सोमबार नेप्से परिसुचक दोहोरो अंकले बृद्धि
शेयर बजार उकालो, सोमबार नेप्से परिसुचक दोहोरो अंकले बृद्धि
सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा
सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
५ नंम्बर पर्देशमा एमालेले टुङ्ग्यायो उम्मेद्बारी ,यस्तो छ नामावली
५ नंम्बर पर्देशमा एमालेले टुङ्ग्यायो उम्मेद्बारी ,यस्तो छ नामावली
दिवंगत मन्त्री रविन्द्र अधिकारीलगायतको आज टुँडिखेलमा श्रद्धाञ्जली
दिवंगत मन्त्री रविन्द्र अधिकारीलगायतको आज टुँडिखेलमा श्रद्धाञ्जली
गीता जयन्ती सम्पन्न-फोटोफिचर
गीता जयन्ती सम्पन्न-फोटोफिचर