रायमाझी भन्छन् ‘माधव नेपाललाई स्कुल विभाग दिनै हुँदैन ’
सारांश
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीका सचिवालय सदस्यहरु कसैलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने स्पष्ट पारेका छन् ।
- नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् ।
- उनले भनेका छन्,‘सचिवालयका कोही पनि सदस्य पनि स्कुल विभागको नेतृत्व दिनुहुँदैन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीका सचिवालय सदस्यहरु कसैलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने स्पष्ट पारेका छन् ।
नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘सचिवालयका कोही पनि सदस्य पनि स्कुल विभागको नेतृत्व दिनुहुँदैन् । बरु, स्थायी समिति र केन्द्रिय समितिबाट ल्याउनुपर्छ ।’
उनले पूर्व प्रधानमन्त्री भैसकेकाहरुले त झनै कुनैपनि विभागको नेतृत्व लिन नहुने धारणा राखे । उनले नामै लिएर पूर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधव कुमार नेपाललाई विदेश विभाग दिन नहुने जिकिर गरे । त्यस्तै, झलनाथ खनाल र वामदेव गौतमलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने उनको सुझाव छ ।
उनले थपे,‘यदि उहाँहरुलाई विभागको नेतृत्व दिईयो भने पार्टी्भित्र द्धन्द्ध र विवाद हुन्छ । यो एकता दिगो होईन । भरपर्दो हुँदैन् । महाधिवेशन नभएसम्म एकताको महत्व छैन् ।’
नेकपामा ३२ विभागमध्येको एक स्कुल विभागलाई शीर्ष नेताहरुले नै आफ्नो व्यक्तिगत स्वार्थ हेर्दा विवाद लम्बिएको छ । सांगठनिक एकता स्कुल विभागकै कारण पूरा हुन सकेको छैन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पटक–पटक ‘वान टु वान’ छलफल गरेपनि स्कुल विभागको नेतृत्वबारे सहमति जुट्न सकेको छैन । आन्तरिक किचलोकै कारण सचिवालय बैठक दुईपटक स्थगित भइसकेको छ ।
नेपालसँग कुवेत ७ विकेटले पराजित
आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको आजको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ । टस हारेर पहिलो व्याटिङ गरेको कुवेतले १४२ रनको लक्ष्य दिएको थियो । सिंगापुरको इन्डियन एसोसियशन क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । निर्धारित ओभरमा कुवेतले ९ विकेट गुमाउँदै १४१ रन जोडेको थियो ।
आजको खेलमा कप्तान पारस खड्का ४२ बल खेल्दै ६८ रन बनाएर आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल १३ बलमा १९ रन बनाएर आउट भएका थिए । दिपेन्द्र सिंह ऐरी १ रनमै आउट भए ।
करण केसीले आफ्नो स्पेलको पहिलो बलमै ओपनर मीट भाब्सरलाई आउट गरेका थिए । केसीले ओपनर भाब्सरलाई आउट गरेपछि कुवेतको विकेट झर्न सुरु भएको थियो । छैटौं ओभरको पहिलो र अन्तिम बलमा बसन्त रेग्मीले क्रशसः रभिजा सान्दरुवान र अदनान इद्रीसलाई आउट गरेपछि पावर प्लेको समाप्तिमा कुवेतको स्कोर ४६–३ थियो । रभिजाले १५ र अदनानले १४ बलमा २५ रनको पारी खेले ।
नवौं ओभरमा सन्दीप लामिछानेले २ विकेट लिए । उनले ८.३ ओभरमा बिलाल ताहिरलाई १३ रनको स्कोरमा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए । ८.६ ओभरमा उस्मान वाहीदलाई एलबीडब्ल्यूको धरापमा पारे । उनले खाता खोल्न सकेनन् ।
१३.५ ओभरमा अविनाश बोहोराले मोहम्मद अस्लामलाई २३ रनको स्कोरमा आउट गर्दा कुवेत ९४–६ को अवस्थामा पुग्यो । त्यसको अर्को ओभरमा सन्दीपले शिराज खानलाई बोल्ट आउट गरे । अन्तिमक्रमका ब्याट्सम्यानहरु मोहम्म असनलाई बसन्तले आउट गरे । जन्दु अहमदलाई करणले सोमपाल कामीको हातबाट क्याच आउट गराए ।
कुवेतका कप्तान मोहम्मद कासिफले सातौं नम्बरमा ब्याटिङमा आएर ३६ बलमा ४९ रनको विस्फोटक अविजित पारी खेले । उनले १९ औं ओभरमा करण केसीलाई २ छक्का प्रहार गरे भने अविनाश बोहोराको अन्तिम ओभरमा १ चौका र २ छक्का प्रहार गरे । अन्तिम २ ओभरमा कुवेतले ३० रन जोडेको थियो ।
नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले ३(३ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा अविनाश बोहोराले १ विकेट लिए ।
ओली पछि पूर्वराजाको स्पष्टोक्ती ‘रअ’लाई भेटेको छैन
साउन । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएकोबारे सरकारलाई कुनै जानकारी नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेको लगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफूले पनि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको स्पष्ट पारेका छन् ।
पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले एक विज्ञप्ति निकाल्दै यस्तो स्पष्टीकरण दिईएको हो । पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’
विज्ञप्तिमा भनिएको छ,‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु।,’
किस गर्दै गरेको फोटोका कारण साम्राज्ञी फेरि भइन् भाइरल (फोटो सहित)
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इण्डोनेसीयामा विदा मनाइरहेकी छिन् । तर विदा मनाउँदै गर्दा पनि उनले नेपालमा सामाजिक सञ्जालमा तरंग ल्याइरहेकी छिन् । उनले त्यहाँ सार्वजनिक गरेका हरेक फोटो अहिले नेपालमा भाइरल भइरहेको छ । ब्वाइफ्रेण्डसँग खुलेर रोमान्स गरिरहेकी छिन साम्राज्ञी अहिले बालीमा । त्यहाँ बिदा मनाइरहेका समय उनले सार्वजनिक गरेका केही फोटोहरुले उनलाई फिल्ममा अभिनय गरेका भन्दा बढि चर्चा परिचर्चा दिइरहेको छ ।
सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेको फोटोलाई लिएर नकरात्मक टिकाटिप्पणी पनि भइरहेको छ । तर यसलाई साम्राज्ञीले खासै वास्ता गरेकी छैनन् । उल्टै इन्स्टाग्राममार्फत ‘हात्ती चले बजार, कुत्ता भुके हजार’ पोष्ट गर्दै हल्ला गर्नेहरुलाई जवाफ दिएकी थिइन् । जति नै नकरात्मक टिप्पणी भए पनि उनलाई मतलव छैन बरु ब्वाईफ्रेण्ड मानिएका देवांश राणासँगका अरु अन्तरंग फोटो सार्वजनिक गरिरहेकी छिन् ।
अहिले उनले ब्वाईफ्रेण्डसँग गाडीमा चुम्बन गरिरहेको फोटो सार्वजनिक गरेकी छिन् । यो पछिल्लो फोटो सार्वजनिक भएसँगै फेरि उनको मनमौजी स्वभावको चर्चा सुरु भएको छ ।
‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकिएपछि साम्राज्ञी बिदा बनाउन इण्डोनेसीयाको बाली पुगेकी हुन् ।
प्रतिक्रिया