कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
३० पटक हेरिएको
Shares
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

सारांश

  • सुरुङ्गा, झापा, ७ जेठ, बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ ।
  • कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो ।
  • बिर्तामोड नगरपालिकाभित्रका आठवटा कृषक समूहलाई प्रतिसमूह एउटा हाते ट्र्याक्टर र २० वटा समूहलाई मकै छोडाउने मेशिन वितरण गरिएको नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताउनुभयो ।

सुरुङ्गा, झापा, ७ जेठ, बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ ।

कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो ।

बिर्तामोड नगरपालिकाभित्रका आठवटा कृषक समूहलाई प्रतिसमूह एउटा हाते ट्र्याक्टर र २० वटा समूहलाई मकै छोडाउने मेशिन वितरण गरिएको नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताउनुभयो ।

हाते ट्र्याक्टर खरिदमा समूहको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशत अनुदान रहेको बिर्तामोड नगरपालिकाका कृषि अधिकृत राजेन्द्र कडरियाले बताउनुभयो । प्रतिहाते ट्र्याक्टर खरिदमा दुई लाख २५ हजार र मकै छोडाउने मेशिन रु १८ देखि २६ हजारसम्म लागतको रहेको छ ।

बिर्तामोड नगरपालिकाले आफ्नो योजनामा कृषिलाई मुख्य प्राथमिकता दिएकाले कृषकको सहुलियतका लागि कृषि सामग्री वितरण गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख सिवाकोटीको भनाइ छ ।

उहाँले कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले यस वर्ष रु एक करोड ५६ लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

(https://www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?