गायक नविन पौडेलको ‘बैँस आकि छोरीले’ बजारमा तहल्का पिट्दै (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
गायक नविन पौडेलको ‘बैँस आकि छोरीले’ बजारमा तहल्का पिट्दै (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • नेपाली लोक दोहोरीको क्षेत्रमा यथार्थपरक, समयसापेक्ष गीत गाएर नेपालको मेची महाकाली तथा देश विदेशका लाखौंलाख दर्शक श्रोताको मन मनमा राज गरि स्टेजबाटै सबैको मन जितेर स्टेज किङ बनेका, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, अन्तर्रास्ट्रिय कलाकार मञ्च नेपाल च्याप्टरका उपाध्यक्ष, राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान नेपालका पूर्व केन्द्रीय सदस्य बहुचर्चित लोक दोहोरी गायक नवीन पौडेलले फेरि अर्को यथार्थपरक र समयसापेक्ष गीत ‘फुलेको तोरीलार्इ बैँस आको छोरीलार्इ जोगाउनै गाह्रो’ बजारमा ल्याएका छन् ।
  • समाजका विकृती विसंगती कुरीतिहरुलार्इ जस्ताको तस्तै गीतमा उतारेर सम्पूर्ण नेपालीको मन मनमा बस्न सफल गायक पौडेल स्टेजमा धुम मच्चाउन सिपालु छन् ।

काठमाडौं । नेपाली लोक दोहोरीको क्षेत्रमा यथार्थपरक, समयसापेक्ष गीत गाएर नेपालको मेची महाकाली तथा देश विदेशका लाखौंलाख दर्शक श्रोताको मन मनमा राज गरि स्टेजबाटै सबैको मन जितेर स्टेज किङ बनेका, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, अन्तर्रास्ट्रिय कलाकार मञ्च नेपाल च्याप्टरका उपाध्यक्ष, राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान नेपालका पूर्व केन्द्रीय सदस्य बहुचर्चित लोक दोहोरी गायक नवीन पौडेलले फेरि अर्को यथार्थपरक र समयसापेक्ष गीत ‘फुलेको तोरीलार्इ बैँस आको छोरीलार्इ जोगाउनै गाह्रो’ बजारमा ल्याएका छन् ।

समाजका विकृती विसंगती कुरीतिहरुलार्इ जस्ताको तस्तै गीतमा उतारेर सम्पूर्ण नेपालीको मन मनमा बस्न सफल गायक पौडेल स्टेजमा धुम मच्चाउन सिपालु छन् । नेपाल मात्र होइन विदेशका जापान, दुबई, बङ्गलादेशलगायत धेरै ठाउँमा गएर त्यहाँ रहेका नेपालीहरुको मन जितिसकेका छन् ।

हुनःत महिला र पुरुष समान हुन् तर पितृसत्तात्मक समाजमा छोरी मान्छेलार्इ हेर्ने दृष्टिकोणमा अझैपनि भिन्नता छ, असमानता कायम नै छ, असुरक्षा अविश्वास अझ भनौं अबुझको कारणले महिलाहरुलार्इ घरबाट खुल्ला रुपले निस्किएर हिँड्न गाह्रो छ । यी र यस्तै यथार्थ विषयवस्तुलाई समेटेर यो गीत तयार गरेका छन् पौडेलले ।

https://www.youtube.com/watch?v=91ZrKJkG-xU

चार बजे स्कुलबाट घरमा आइनन्
भनी बस्नुपर्छ बाउ आमाले औँला गनि गनि- जोगाउनै गाह्रो फुलेको तोरीलार्इ हुर्किएकी छोरीलार्इ जोगाउनै गाह्रो
मौरीबाट तोरीलार्इ बैँस आकी छोरीलार्इ जोगाउनै गाह्रो
साँच्चिकै गीतको पंक्तिले भनेजस्तै नेपालको परिवेश त्यस्तैमा घुमिरहेको छ ।

गायक पौडेलले यसअघि के सम्झनु छ र, जान्न मत त्यो घर, रातो डोरी कपाल लर्केको, सत्य खान्छु कसम, आजै भेट भाको बटौली आको म परेँ पाल्पाको, श्रीनगर बतासे डाँडैमा, यस्तै हुन्छ भन्नेभा लाउने थिइन् माया बुढिकन्या बन्नेभा, हरेक जातजाती छौँ नानाथरी, बुलाकी लाउदिनौँ झुम्काना लाउदिनौँ, ए हजुर सुन्नुभा छ र, नेपालमा आम्दानी राजनीतिमा रैछ यहि बर्ष भित्रमा नयाँ पार्टी खोल्छु, दुखका दिन गए लगायतका दर्जनौं गीतहरुले बजारमा अमिट छाप छोडिसकेका छन् ।

‘बैँस आकी छोरीमा’ नवीन पौडेलको लय शब्द अनि स्वर रहेको छ । पूर्णकला बिसि र भूमिका शाहले स्वरमा साथ दिएका छन् । यसमा चर्चित हास्य कलाकार शिवहरी पौडेलको जीवन्त अभिनय हेर्न सकिन्छ। आमाको भूमिकामा रेखा थापा र छोरीको भूमिकामा टीका जैशीले साथ दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?