ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
५७ पटक हेरिएको
Shares
ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले

सारांश

  • काठमाडौँ, २३ साउन ।
  • केहि दिन अघि पार्टी प्रवक्ता बाट राजीनामा घाेषया गरेका नेकपाका नेता नारायणकाजी श्रेष्ठले अाफ्नाे राजीनामा फिर्ता लिन अस्विककार गरेका छन् ।
  •   राजीनामा फिर्ता लिने सन्दर्भमा पार्टी अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेको अनुरोध नेकपाका नेता नारायणकाजी श्रेष्ठले अस्वीकार गरेका हुन्।

काठमाडौँ, २३ साउन । केहि दिन अघि पार्टी प्रवक्ता बाट राजीनामा घाेषया गरेका नेकपाका नेता नारायणकाजी श्रेष्ठले अाफ्नाे राजीनामा फिर्ता लिन अस्विककार गरेका छन् ।  राजीनामा फिर्ता लिने सन्दर्भमा पार्टी अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेको अनुरोध नेकपाका नेता नारायणकाजी श्रेष्ठले अस्वीकार गरेका हुन्।

तर, उनको राजीनामा स्वीकृत भने भएको छैन । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओली–प्रचण्डले श्रेष्ठलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । तर श्रेष्ठले राजीनामा फिर्ता लिन अस्वीकार गरेका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘मैले आन्दपूर्वक दिएकोले राजीनामा फिर्ता गर्ने कुरा आउँदैन,’ श्रेष्ठले बैठकमा भने, ‘बरु सचिवालयले जे निर्णय गर्छ त्यसमा म सहमत नै हुनेछु ।’ डा. गोविन्द केसीले अनशन बसेको बेलामा गोविन्द केसीको अनशनलाई सहयोग पुग्ने गरी बोलेको र सरकारलाई प्रतिकुल असर गर्ने गरी व्यवहार गरेको भन्दै साउन ७ गते बसेको सचिवालय बैठकमा ओली–प्रचण्डले श्रेष्ठलाई मौखिक स्पष्टिकरण सोधेका थिए ।

त्यस लगत्तै श्रेष्ठले राजीनामा दिएका थिए । गोविन्द केसीका मागहरु ठीक भएकोले ती मागहरु सम्बोधन हुनुपर्छ भन्ने धारणा उनले राखेका थिए । नेकपाको बैठक बिहीबार पनि बस्ने छ ।

(Felbatol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्
सडक दुर्घटनामा परी सातको मृत्यु
सडक दुर्घटनामा परी सातको मृत्यु
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै  ! कर्यक्रम संचालक बने यि कलाकार
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै ! कर्यक्रम संचालक बने यि कलाकार
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
प्रधानमन्त्री ओलीको भ्रमणबारे सरकारको यस्तो दाबी ( वक्तव्यको पूर्णपाठसहित)
प्रधानमन्त्री ओलीको भ्रमणबारे सरकारको यस्तो दाबी ( वक्तव्यको पूर्णपाठसहित)
आज राती बाट तेलको मूल्यमा २ रुपयाँ वृद्धि
आज राती बाट तेलको मूल्यमा २ रुपयाँ वृद्धि
भारत द्वारा नेपाललाई १ सय ६२ रनकाे लक्ष्य प्रस्तुत !
भारत द्वारा नेपाललाई १ सय ६२ रनकाे लक्ष्य प्रस्तुत !
किन रोकियो कर्मचारी समायोजन प्रक्रिया
किन रोकियो कर्मचारी समायोजन प्रक्रिया