मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
सारांश
- काठमाडौं, माघ ३ ।
- अस्थायी मुकाम तोक्न बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको थियो ।
- तर, प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा मन्त्रिपरिषद बैठक नै स्थगित भएको छ ।
काठमाडौं, माघ ३ । अस्थायी मुकाम तोक्न बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको थियो । तर, प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा मन्त्रिपरिषद बैठक नै स्थगित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा प्रदेश राजधानीसम्बन्धी प्रस्ताव पेश गर्नासाथ मन्त्रीहरुले आ–आफ्नो अनुकुलको अडान राखे । बैठकमा सबैले आफ्नो अनुकुल राजधानी हुनुपर्छ भन्न थालेपछि बैठक स्थगित भएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘अब दिउँसो तीन बजेको लागि मन्त्रिपरिषद् बैठक डाकिएको छ ।’
प्रदेश नम्बर १ को अस्थायी मुकाम राप्रपा प्रजातानित्रकबाट मन्त्री बनेका सुनील थापाले धनकुटा हुनुपर्ने अडान राखे । तर, प्रधानमन्त्रीको प्रस्तावमा प्रदेश १ को अस्थायी मुकाम विराटनगर प्रस्ताव गरिएको छ ।
त्यस्तै प्रदेश २ को राजधानी जनकपुर प्रस्ताव गरिएको छ भने ३ मा विवाद देखिएको छ । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका कमल थापाले हेटौंडालाई अस्थायी मुकाम बनाउनुपर्ने अडान अघि सारे ।
यस्तै प्रदेश ४ को अस्थायी मुकाम पोखरा प्रस्ताव गरिएको छ । प्रदेश ५ को दाङ र बुटवल भन्नेमा मन्त्रीहरुबीच एकआपसमा विवाद छ ।
प्रदेश ६ को सुर्खेत प्रस्ताव गरिएको छ भने ७ मा धनगढी र दिपायल भन्नेमा मन्त्रीहरुको मत बाझिएको छ ।
प्रतिक्रिया