निजगढको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
निजगढको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

सारांश

  • बारा ।
  • बाराको निजगढ नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् ।
  • कांग्रेस–माओवादी गठबन्धन बनाएर चुनावमा होमिए पनि गठबन्धनलाई पराजित गर्दै उपमेयर एमालेले जितेको छ ।

बारा । बाराको निजगढ नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । कांग्रेस–माओवादी गठबन्धन बनाएर चुनावमा होमिए पनि गठबन्धनलाई पराजित गर्दै उपमेयर एमालेले जितेको छ ।

कांग्रेसका सुरेशकुमार खनाल मेयरमा विजयी भएका हुन् । खनाल आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यमबहादुर खड्कालाई ६८१८ मतमा रोकेर विजयी हुन सफल भएका हुन् । उनले ७६४८ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी लिलादेवी लामिछानेको पल्लाभारी भएको छ । उनी माओवादी केन्द्रका बेनीबहादुर मोक्तानलाई पराजित गर्दै विजयी भएकी हुन् ।

निजगढमा कांग्रेस–माओवादी मेयर र उपमेयर लिएर चुनावमा होमिएका थिए । गठबन्धनको मेयर उम्मेदवार विजयी भए पनि उपमेयर पराजित भएका छन् ।

दुई पार्टीको गठबन्धन सामना गरेर चुनावी मैदानमा उत्रिएको एमालेले उपप्रमुखसहित अधिकांश वडामा जित हासिल गरेको छ ।१३ वडामध्ये ८ वडामा एमालेले कब्जा जमाएको छ भने बाँकी ५ वडा कांग्रेसले जितेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?