नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’

सारांश

  • काठमाडौं,  २६ साउन ।
  • नीजि क्षेत्रको छाता संगठन उद्योग बाणिज्य महासंघले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमार्फत लागेका दोहोरो कर हटाउन माग गरेका छन् ।
  • प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार भएको भेटमा उद्योगी व्यवसायीले जथाभावी कर लगाउँदा सर्वत्र त्रास फैलिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।

काठमाडौं,  २६ साउन ।नीजि क्षेत्रको छाता संगठन उद्योग बाणिज्य महासंघले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमार्फत लागेका दोहोरो कर हटाउन माग गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार भएको भेटमा उद्योगी व्यवसायीले जथाभावी कर लगाउँदा सर्वत्र त्रास फैलिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य गर्न माग गरिन् । उनले पुराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौति सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।

भेटमा प्रधानमन्त्रीले उद्योग क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन भनेको पनि उनले जानकारी दिइन् । भेटमा प्रधानमन्त्री ओलीले उद्योग, शिक्षा, स्वास्थ्य, उर्जा, कृषि लगायत क्षेत्रको सुधार गर्दै समग्र रुपमा मुलुकको आर्थिक अवस्था उकास्नमा सरकार लागिरहेको दावी गरेका गरेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    यो उ बा महासंघको नाम सुन्यो कि किन एलर्जिक हुन्छ होला?

    Comment Author

    Shyamlal Mademba

    कार किन्न र तब बाँडन हो भने तुरुन्त बन्द गर सरकार देश बनाउ हो भने निजिले नतिर कस्ले तिर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?