‘नेपाल स्वच्छ वातावरण महाअभियान-२०७५’ लाइ बिदेशि नागरिककाे साथ
सारांश
- काठमाडौ,१० भदौ ।
- काठमाडौको बाैद्ध परिसर बाट फोहोर व्यवस्थापन गरिएको छ ।
- विश्व सरसफाइ दिवस २०७५लार्इ लक्षित गरेर S.
काठमाडौ,१० भदौ । काठमाडौको बाैद्ध परिसर बाट फोहोर व्यवस्थापन गरिएको छ । विश्व सरसफाइ दिवस २०७५लार्इ लक्षित गरेर S.We Can Nepal & HiH foundationको संयुक्त आयोजनामा शनिबार सरसफार्इ गरिएको हो ।
S.We Can Nepal ले आयोजना गरेको नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ अन्तर्गत करिब २० जना स्वयंसेवकहरूले सरसफाइ गरेका थिए । सरसफार्इ अभियानको पहिलो दिन संकटा मन्दिर सरसफाइ गरेकाे S.We Can Nepal का सरसफाइ संयाेजक जाेरा एस बिस्टले शिखरन्यूजलार्इ बताए । प्रत्येक हप्ता फरक फरक ठाँउमा सरसफार्इ गर्ने हेतुले सरसफार्इकाे दाेस्राेहप्ता वाैद्ध स्तुपा मा सरसफाइ गरीएकाे हाे ।
२०७५ साउन १७ गते गैरसरकारी संस्था (NGO)को रूपमा कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएको S.We Can Nepal ले ‘हाम्रो सम्पदा हाम्रो शान स्वच्छ नेपाल महा-अभियान’ मुल नारामा आबद्ध रहेर याे महाअभियानकाे सुरूवात गरेकाे हाे ।
उक्त संस्थामा करिब ५ जना संचालक रहेका छन्। संचालकहरूमा सबिता कार्की,जोरा एस बिस्ट ,नवराज प्रसाइ, कबिता खड्का र ज्योती भट्ट रहेका छन् ।
त्यसैगरि ९ गते शनिबार गरिएकाे सरिसफार्इमा एकजना फ्रान्सेली महिला पर्यटकले पनि सहभािगता जनाएकि छन् । गत जुलार्इमा नेपाल भ्रमणमा अाएकी ५० बर्षीया Elaine Hardiman Taveal ले महाअभियानमा सहभागिता जनाएकि हुन् । उनले यस अभियानमा सेप्टेम्बर १५ सम्म साथ दिने प्रतिबद्धता जनाएकाे संस्थाका सदस्य जाेरा एस बिस्टले बताए ।
https://shikharkhabar.com/2018/08/19/84676/
प्रतिक्रिया