२५ वर्षपछि महाकाली नाच हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
३९ पटक हेरिएको
Shares
२५ वर्षपछि महाकाली नाच हुँदै

सारांश

  • भक्तपुर, १८ भदौ ।
  • युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ ।
  • हरेक वर्ष सञ्चालन हँुदै आएको सो नाच अर्थ अभावका कारण २५ वर्षदेखि बन्द भएको थियो ।

भक्तपुर, १८ भदौ । युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ ।
हरेक वर्ष सञ्चालन हँुदै आएको सो नाच अर्थ अभावका कारण २५ वर्षदेखि बन्द भएको थियो । मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा सम्मिलित युवा मिलन केन्द्रको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि नाच सञ्चालनमा ल्याइने भएको हो ।

केन्द्रका अध्यक्ष सूर्यमान श्रेष्ठले २५ वर्षअघि सो नाच गाईजात्राको भोलिपल्टदेखि टोलटोलमा नचाइने भए पनि यस वर्ष भने इन्द्रजात्राको भोलिपल्टदेखि मात्रै सञ्चालनमा आउने बताउनुभयो । उहाँले भन्नुभयो, “गाईजात्राको भोलिपल्ट मध्यपुरथिमिमा भैरव नाच र सलःचा प्याखँ प्रदर्शन गरिएकाले महाकाली नाचलाई इन्द्रजात्राको भोलिपल्ट पूर्णिमादेखि चार रातसम्म सञ्चालन गरिने भएको हो, अब हरेक वर्ष यो नाच सञ्चालनमा आउँछ ।” नाच साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै चार रातसम्म टोलटोलमा नचाइनेछ ।

अध्यक्ष श्रेष्ठका अनुसार मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथ मन्दिरमा पूजा गरेर नाचलाई समर्पित गरी सुरु हुने छ । नाच दथुटोल, दिगुटोल, गँंगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हुँदै थिमिका विभिन्न टोलको परिक्रमा गरी चोक चोकमा नाच्ने प्रचलन छ ।

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर संग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा सो नाच सातदेखि नौ तालमा नाचिने बताउनुभयो । नाचमा देवी, महालक्ष्मी, सिंह र माक एक एक, बेता चार, भूत भैरव, कवां र ख्या दुई दुई तथा गरी १५ जना सहभागी हुन्छन् । देवी सुजन दै श्रेष्ठ, महाकाली अविन प्रजापति र महालक्ष्मी राजु माग श्रेष्ठ, बेता रवि प्रजापति, सन्देश हामो श्रेष्ठ, अमेश नकर्मी र सुजन बसी श्रेष्ठ तथा भूत भैरव सजन दै श्रेष्ठ र प्रकाश बायजू श्रेष्ठ बन्नेछन् ।

त्यसैगरी कवाः देव पिला श्रेष्ठ र सुरज प्रजापति, ख्या रोहन राजवाहक र विकेश पिला श्रेष्ठ, सिंह राजेश पिला श्रेष्ठ र माकमा रोजेन विसिद्यो श्रेष्ठले भूमिका लिनेछन् ।

बाजा बजाउने तथा नाचका गुरुमा केशव सुजाखा श्रेष्ठ, सूर्यमानहवा श्रेष्ठ, रत्नकृष्ण सुजकां श्रेष्ठ, हरिबहादुर कैती श्रेष्ठ, हीराकाजी लामा श्रेष्ठ, रामसुन्दर वासी श्रेष्ठ, राजकृष्ण दें श्रेष्ठ र लक्ष्मीनारायण ह्याकुदुवा श्रेष्ठ रहेका छन् । बाजामा मुहाली बजाउनेको भने अभाव छ ।

मध्यपुरथिमि नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, भैरव नाचका अर्जुन श्रेष्ठ, निरञ्जन श्रेष्ठलगायतको प्रेरणाले यस वर्षदेखि सुरु हुन लागेको नाच अब नरोकिने समितिका अध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो । नाच सञ्चालनका लागि करिब रु १५ लाख ८० हजार लाग्ने जानकारी दिँदै उहाँले नगरपालिका, नाचका कलाकार, समितिका व्यक्ति, स्थानीय बासिन्दा र संघसंस्थाबाट रकम संकलन गरेर नाच सञ्चालन गरिने जानकारी दिनुभयो ।

नगरप्रमुख श्रेष्ठका अनुसार नगरको मौलिक परम्परा, ऐतिहासिक एवं सांस्कृतिक परम्परा, पर्व एवं नाचलगायत धरोहरको संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतम बुद्धको क्रिडास्थल तथा सुद्धोधनको प्राचीन दरबारमा प्रधानमन्त्री
गौतम बुद्धको क्रिडास्थल तथा सुद्धोधनको प्राचीन दरबारमा प्रधानमन्त्री
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै
अवकाश हुँदै तीन सचिव, कस्को के दाउ
अवकाश हुँदै तीन सचिव, कस्को के दाउ
एक कप कफीको मूल्य २० लाख  !
एक कप कफीको मूल्य २० लाख !
Mostbet-27 Türkiye’de Bahis Ve On Line Casino Bonus 2500+250fs
ऋषि धमलाको प्रश्नः सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि अनुसन्धान खोई ?
ऋषि धमलाको प्रश्नः सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि अनुसन्धान खोई ?
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
“लगानीकर्ताको प्रभावबाट संचार माध्यम संचालन भए : मुख्यमन्त्री पोख्रेल
“लगानीकर्ताको प्रभावबाट संचार माध्यम संचालन भए : मुख्यमन्त्री पोख्रेल
  सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय  
  सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय  
राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन
राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन