मालपोतमा हुने झण्झट समाप्त पार्दै सरकार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
३९ पटक हेरिएको
Shares
मालपोतमा हुने झण्झट समाप्त पार्दै सरकार

सारांश

  • काठमाडौं, २३ असाेज।
  • मातलपोत कार्यालयमा हुने झण्झटिलो प्रक्रियालाई अन्त्य गर्दै सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ।
  • भूमिसम्बन्धि सेवाग्राहीको कामलाई सहज, सुलभ र पाददर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुभारम्भ गरेको हो।

काठमाडौं, २३ असाेज। मातलपोत कार्यालयमा हुने झण्झटिलो प्रक्रियालाई अन्त्य गर्दै सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ। भूमिसम्बन्धि सेवाग्राहीको कामलाई सहज, सुलभ र पाददर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुभारम्भ गरेको हो। ललितपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमकाबीच सो सेवाको शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले जनतालाई सहज, सुलभ र पारदर्शी ढंगले भूमिसम्बन्धि सेवा उपलब्ध गराउन सो सेवाको पनि शुभारम्भ गर्नु परेको जानकारी दिइन्।

३४ वटा भूमि सुधार तथा मालपोत कार्यालयहरुमा एकसाथ शुभारम्भ गरिएको सो सरलीकृत फारम सामान्य नागरिकले पनि भर्न सक्ने गरी व्यवस्था गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले एक वर्ष भित्र सबै भूमि सुधार तथा मालपोत कार्यालयहरुमा अनलाईन सेवा संचालनमा ल्याउने महत्वकांक्षी योजना यस अघि नै सार्वजनिक गरिसकेको छ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?