निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
सारांश
- काठमाडौं : निजी क्षेत्रका पम्प सञ्चालकहरुले मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द गरेका छन् ।
- बाग्मती पेट्रोलियम डिलर्स एशोसिएसनले मंगलबारदेखि थानकोट डिपोबाट पेट्रोल उठाउन बन्द गरेपछि पम्प सञ्चालकहरुले पनि काठमाडौं उपत्यकामा पेट्रोल वितरण रोकेको जनाएका छन् ।
- नेपाल आयल निगमले इन्धनको परिमाणमा ठगि गरेको र यो ठगिसम्बन्धी समस्या समाधान गर्न पटक–पटक आग्रह गरेपनि कुनै सुनुवाई नभएको भन्दै एशोसिएसनले मंगलबारदेखि आगामी तीन दिनसम्म पेट्रोल नउठाएर आन्दोलनको घोषणा गरेको हो ।
काठमाडौं : निजी क्षेत्रका पम्प सञ्चालकहरुले मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द गरेका छन् । बाग्मती पेट्रोलियम डिलर्स एशोसिएसनले मंगलबारदेखि थानकोट डिपोबाट पेट्रोल उठाउन बन्द गरेपछि पम्प सञ्चालकहरुले पनि काठमाडौं उपत्यकामा पेट्रोल वितरण रोकेको जनाएका छन् ।
नेपाल आयल निगमले इन्धनको परिमाणमा ठगि गरेको र यो ठगिसम्बन्धी समस्या समाधान गर्न पटक–पटक आग्रह गरेपनि कुनै सुनुवाई नभएको भन्दै एशोसिएसनले मंगलबारदेखि आगामी तीन दिनसम्म पेट्रोल नउठाएर आन्दोलनको घोषणा गरेको हो ।
एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले पछिल्लो पटक नेपाल आयल निगमले सञ्चालक समितिको बैठकबाट समस्या समाधान गर्ने आश्वासन दिएपनि सञ्चालक समितिको बैठकले कुनै सकारात्मक निकास निकाल्न नसक्दा बाध्य भएर आन्दोलनमा जानुपरेको जानकारी दिनुभयो ।
एशोसिएसनले पछिल्लो समयमा प्रधानमन्त्री शेरवहादुर देउवालाई समेत समस्या समाधानका लागि ज्ञापन पत्र बुझाएको थियो । प्रधानमन्त्री देउवाले आपूर्ति र उद्योग मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गर्ने आश्वासन दिनुभएको थियो । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट, दधिकोट, सिन्धुपाल्चोक, दोलखालगायतका स्थानका करिब दुई सय पम्प सञ्चालकहरुले पेट्रोल उठाउन बन्द गरेका छन् ।
खड्काले भन्नुभयो,‘आगामी तीनदिन भित्रमा हाम्रो माग पुरा नगरिए सबै प्रकारका पेट्रोलियम पदार्थ अनिश्चितकालका लागि बन्द गर्छौ ।’ एशोसिएसनले चार हजार लिटरमा ९९ लिटरसम्म कम परिमाणमा निगमबाट इन्धन प्राप्त गर्दैआएको बताउदै आएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अध्ययनको क्रममा पनि ९९ लिटर कम इन्धन फेला परेको थियो ।
आयल निगमको थानकोटस्थित डिपो प्रमुख नेत्र काफ्लेका अनुसार मंगलबार सरकारी निकायको आठ वटा पम्पले मात्रै पेट्रोल उठाएका छन् । जसअनुसार सेनाको दुई, प्रहरीको दुई, शसस्त्र प्रहरीको दुई र साझाको दुईवटा पम्पले मात्रै पेट्रोल उठाएको उहाँले जानकारी दिनुभयो । मंगलबार थानकोट डिपोबाट एक लाख ६० हजार लिटर पेट्रोल मात्रै बाहिरिएको छ । सामान्य दिनमा दैनिक चार लाख लिटर पेट्रोल बाहिरिन्थ्यो ।
प्रतिक्रिया