नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
२० पटक हेरिएको
Shares
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !

सारांश

  • काठमाडाै, २० भदाै ।
  • नवर्गिय संगठनहरुको एकता प्रक्रिया आजसम्म पनि टुग्याउन सकेको छैन ।
  • पार्टी एकता भएको लामो समयसम्म पनि तल्ला निकायका पार्टी कमिटिहरु तथा जनवर्गिय संगठनहरुबिचमा एकता नहुनुले नेकपाको नेतृत्वतहमा समेत असन्तुष्टी बढेको छ ।

काठमाडाै, २० भदाै । नवर्गिय संगठनहरुको एकता प्रक्रिया आजसम्म पनि टुग्याउन सकेको छैन ।पार्टी एकता भएको लामो समयसम्म पनि तल्ला निकायका पार्टी कमिटिहरु तथा जनवर्गिय संगठनहरुबिचमा एकता नहुनुले नेकपाको नेतृत्वतहमा समेत असन्तुष्टी बढेको छ ।मुलुककै दुई ठुला पार्टीहरुबिच भएको एकता पश्चात जसरी तिव्र गतिमा एकता प्रक्रियाले मेलो समात्नुपर्ने हो समात्न सकेको छैन ।यसरी एकता प्रक्रियाले गति नपाउँदा पार्टी तथा जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र छन् ।

कहाँ पुग्यो युवा–विद्यार्थीको एकता ?

नेकपाभित्र सबैभन्दा शक्तिशाली मानिने युवा–विद्यार्थीबिचको एकता प्रक्रियामा पनि सहमति जुट्न सकेको छैन ।सम्बन्धित संगठनका इन्चार्ज तथा अध्यक्षहरु रहेको कार्यदलका बैठकहरु दैनिकजसो हुने गरेको भएपनि नेतृत्व, नाम तथा झण्डा र कमिटिको संख्यामा कुरा नमिल्दा कार्यदलले पार्टीमा प्रतिवेदन बुझाउन सकेको छैन ।वाइएसिएल नेपाल र युवा संघ नेपालबिचको कार्यदलले झण्डा र नेतृत्वबाहेक अन्य विषयमा सहमति नजिक पुगेको बताएको छ भने अखिल क्रान्तिकारी र अनेरास्ववियुबिचमा नेतृत्वमा सहमति जुट्न सकेको छैन ।

युवा नेताहरुका अनुसार युवाको कार्यदलमा अहिले झण्डाको विषयमा छलफल जारी छ । वाईसिएलले झण्डा आफ्नो र युवा संघ दुवैको नराखी नयाँ बनाउनुपर्ने अडान राखेको छ भने युवा संघले झण्डा आफ्नै हुनुपर्ने अडान राखेको छ ।नाम, स्थापना मिति र कमिटि संख्याको विषयमा करिब सहमति नजिक रहेको वाइसिएलका अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले बताएका छन् ।

युवा संघका अध्यक्ष रमेश पौडेलका अनुसार समानताका आधारमा दुई संगठनकाबिच एकता हुनेछ । नयाँ बन्ने संगठनको अध्यक्षमा भने वाईसिएलका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र युवा संघका अध्यक्ष रमेश पौडेल दुवैको दावी रहेको छ ।यसैगरी दुई विद्यार्थी संगठनको कार्यदलले भने नेतृत्व बाहेक अन्य विषयमा सहमति जुटाईसकेको छ । अनेरास्ववियुको ‘यु’ लाई दिर्घ ‘यू’ बनाएर एमाले सम्बद्ध अनेरास्ववियुको नाममा सहमति जुटेको छ भने झण्डा यसअघि नै एउटै रहेकोले विवाद थिएन । ४९९ को केन्द्रिय कमिटि बनाउने सहमति गरेका दूई अखिलमा केन्द्रिय समितिका लागी दुवै संगठनबाट हुने प्रतिनिधि संख्यामा समेत सहमति जुटिसकेको छ । सहमतिअनुसार अखिल क्रान्तिकारीबाट २३९ र अनेरास्ववियुबाट २६० रहने छन् ।

यी दुई संगठनबाट पनि नेतृत्वमा दुवैतिरबाट दावी छ । अखिल क्रान्तिकारीबाट रंजित तामाङ्को दावी रहेको छ भने अनेरास्ववियुबाट महासचिव एैन महरको अध्यक्षमा दावी रहेको छ । अध्यक्ष नविना लामा सांसद भईसकेपछि उनी अध्यक्षको प्रतिष्पर्धामा छैनन् ।तर जेजति विवादका विषयहरु रहन्छन् तिनलाइ पार्टी नेतृत्वले टुंग्याउने निर्णय नेकपाले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?