काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अघि बढ्छौँः माधव नेपाल

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अघि बढ्छौँः माधव नेपाल

सारांश

  • काठमाडौँ, २३ मंसिर: नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा संक्रमणकालीन समयको चाँडो अन्त्य भई अब देश नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
  •   काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि राष्ट्रिय सभागृहमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आफूहरुले नेपाली काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।
  • काँग्रेसको चिन्तन पुरानो भइसकेको र जनताले परिवर्तन चाहेकाले वाम गठबन्धनप्रति उनीहरुको ठूलो विश्वास रहेको उहाँले बताउनुभयो ।

काठमाडौँ, २३ मंसिर: नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा संक्रमणकालीन समयको चाँडो अन्त्य भई अब देश नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

 

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि राष्ट्रिय सभागृहमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आफूहरुले नेपाली काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

काँग्रेसको चिन्तन पुरानो भइसकेको र जनताले परिवर्तन चाहेकाले वाम गठबन्धनप्रति उनीहरुको ठूलो विश्वास रहेको उहाँले बताउनुभयो । देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै युवा उद्यमशीलताका कार्यक्रममार्फत मुलुकमा रोजगार वृद्धि गर्न आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकले खोजेको समृद्धिका लागि विकासका ठूला परियोजनामा स्वदेशी पूँजी परिचालन गरी स्वदेशी उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयका दुई बसमा आगजनी
विद्यालयका दुई बसमा आगजनी
सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने ओलीको दावी
सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने ओलीको दावी
धनुषामा गोली चल्यो, एक घाईते, सुनसहित पैसा लुटपाट
माओवादीले केन्द्रीय समितिको आकार बढाउने
माओवादीले केन्द्रीय समितिको आकार बढाउने
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
यस्तो छ नवगठित मन्त्रिपरिषद्
यस्तो छ नवगठित मन्त्रिपरिषद्
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने: भोजमा ५०१ जनासम्म बोलाउन सकिने
अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने: भोजमा ५०१ जनासम्म बोलाउन सकिने
गोविन्द केसीकाे तर्फबाट पूर्वशर्त छाडेपछि सरकार र गोविन्द केसीसमुहबीच वार्ता सुरू , के थियाे पुर्वशर्त ?
राजपाभित्र मन्त्री बन्ने विवाद
राजपाभित्र मन्त्री बन्ने विवाद

तपाईंले छुटाउनुभयो कि?