नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही

सारांश

  • काठमाडौं १० बैशाख ।
  • विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहरण गर्नेहरुको भीड लागेको छ ।
  • सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीहरूको सङ्ख्या अहिलेसम्मकै रहेको छ ।

काठमाडौं १० बैशाख । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहरण गर्नेहरुको भीड लागेको छ । सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीहरूको सङ्ख्या अहिलेसम्मकै रहेको छ । पर्यटन विभागका अनुसार यसअघि यति संख्यामा कहिल्यै आवेद परेको थिएन ।

पर्यटन विभागका अनुसार यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नका लागि ३७५ जना आरोहीहरूले अनुमति लिइसकेका छन्।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार सगरमाथामा यसअघि सन् २०१७ मा आरोहीहरूको धेरै भिड लागेको थियो। त्यतिबेला ३७२ जनाले आरोहण अनुमति लिएका थिए।

यसपटक सोमवारसम्म आरोहण अनुमति लिनेको सङ्ख्या ३७५ पुगिसकेको छ। उनीहरू पाँच नेपालीसहित ३८ टोलीमा आबद्ध छन्।

यो वसन्त ऋतुमा नेपालका झन्डै ३० हिमशिखर चढ्न करिब ८०० आरोहीले अनुमति लिएका छन्।

यसपाला सगरमाथासँगै ल्होत्से, नुप्से, आमादब्लम र अन्य साना हिमाल आरोहणका लागि अनुमती लिनेको सङ्ख्या पनि बढेको छ। सगरमाथापछि धेरै आरोहीहरूको भिड आमादब्लम हिमालमा लाग्ने देखिन्छ। त्यो शिखर चढ्नका लागि ४९ आरोहीले अनुमति लिइसकेका छन्।

अन्नपूर्ण प्रथम आरोहण गर्नका लागि २३ आरोहीले अनुमति पाएका छन्। तेस्रो ठूलो शिखर कन्चनजङ्घा आरोहणका लागि ३२ आरोहीले अनुमति लिइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?