नेकपाकाे ६६ जिल्ला कमिटीको भागबण्डा मिल्यो (हेर्नुहोस् सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
नेकपाकाे ६६ जिल्ला कमिटीको भागबण्डा मिल्यो (हेर्नुहोस् सूचीसहित)

सारांश

  • काठमाडौँ, ६ भदौ ।
  • तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को तल्लो तहको एकीकरण अन्तिम चरणमा पुगेको छ ।
  • हालसम्म ६६ जिल्ला कमिटीको भागबण्डा सर्वसम्मत रुपमा टुङ्ग्याइएको छ ।

काठमाडौँ, ६ भदौ । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को तल्लो तहको एकीकरण अन्तिम चरणमा पुगेको छ । हालसम्म ६६ जिल्ला कमिटीको भागबण्डा सर्वसम्मत रुपमा टुङ्ग्याइएको छ । बाँकी जिल्लाको टुङ्गो लगाउन कार्यदललाई बिहीबार (भोलि) सम्मको समय दिइएको छ ।

नेकपा स्रोतका अनुसार भागबण्डा भएका ६६ मध्ये तत्कालिन एमालेले ४० र तत्कालिन माओवादीले २६ जिल्लामा अध्यक्ष पाउने गरी सिफारिस गरिएको छ । प्रदेश २ का ८ जिल्लाको भागबण्डा अनौपचारिक रुपमा भए पनि औपचारिक रुपमा सिफारिस गरिएको छैन ।

बिहीबारसम्म पनि तलबाटै सहमति भएर नआए केन्द्रीय सचिवालयले निर्णय गर्ने तयारी गरेको छ । नेकपाका ७ वटा प्रदेश कार्यदलमध्ये अधिकांशले आफ्नो सिफारिससहितको प्रतिवेदन महासचिव विष्णु प्रसाद पौडेल समक्ष पेश गरिसकेका छन् ।

प्रदेश १ : प्रदेश १ मा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ । माओवादीले संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण कार्यदलले सिफारिस गर्न सकेको छैन ।

प्रदेश २ : प्रदेश २ का सप्तरी, धनुषा, सर्लाही र पर्साको नेतृत्व एमालेले पाउने र महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्व माओवादीले पाउने समझदारी भएको छ ।

प्रदेश ३ : प्रदेश ३ मा मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीका नेतृत्व तत्कालिन एमालेले पाउनेछ भने माओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र मजदूर जिल्ला कमिटीको नेतृत्व पाउने भएको छ ।

गण्डकी प्रदेश : गण्डकी प्रदेशले जिल्लामा सर्वसम्मत नेतृत्व सिफारिस गर्न नसकेपछि तत्कालिन एमाले र तत्कालिन माओवादी दुवैतर्फका अध्यक्षका दाबेदारको नाम सिफारिस गरेको छ ।

प्रदेश ५ : प्रदेश ५ मा एमालेले रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, प्युठान र दाङ जिल्लाको नेतृत्व पाउने भएको छ । माओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।

कर्णाली प्रदेश : कर्णाली प्रदेशका १० जिल्लामध्ये एमालेले ५ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउनेछन् । कालिकोट र मुगु कसले लिने भन्नेमा विवाद भएको छ । एमालेले दैलेख, सुर्खेत, जुम्ला र डोल्पा लिने सहमति भएको छ ।

त्यस्तै माओवादीले जाजरकोट, सल्यान, रुकुम र हुम्लाको नेतृत्व पाउने सहमति भएको छ । माओवादीले कालिकोट र एमालेले मुगु लिएर सहमति हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रदेश ७ : प्रदेश ७ का ९ जिल्लामध्ये एमालेले कैलाली, बैतडी, अछाम, बाजुरा र डोटीको नेतृत्व पाएको छ । माओवादीले कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाउन जिल्लाको नेतृत्व पाउने भएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच गएको जेठ ३ गते एकता भएको थियो । पार्टी एकतापछि तल्ल तह र जनसंगठनको एकता प्रक्रिया अघि बढिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हाम्रो मित्रवत् प्रतिस्पर्धाबाट सिकुन’
‘हाम्रो मित्रवत् प्रतिस्पर्धाबाट सिकुन’
झ्यालको सिसा सफा गर्दा पाँचतलाबाट खसेर मृत्यु
झ्यालको सिसा सफा गर्दा पाँचतलाबाट खसेर मृत्यु
स्कुल होइन, जेलमा छन् बालबालिका
स्कुल होइन, जेलमा छन् बालबालिका
काङ्ग्रेसको अनुशासन समिति गठन
काङ्ग्रेसको अनुशासन समिति गठन
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
यु २० साफ: लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित
यु २० साफ: लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित
हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डालाई अब छोडिन्न : कमल थापा
हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डालाई अब छोडिन्न : कमल थापा
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल