दोस्रो रोड सेफ्टी फिल्म फेस्टिभल सम्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
१९ पटक हेरिएको
Shares
दोस्रो रोड सेफ्टी फिल्म फेस्टिभल सम्पन्न

सारांश

  • काठमाडौं ।
  • सेफ स्कुल नेपाल र नेपाल अटोमोबाइलस एसोसिएसन (नासा) को आयोजनामा दोस्रो काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिवल सम्पन्न भएको छ ।
  • रसियन कल्चर सेन्टरको हलमा सम्पन्न फेस्टिभलकोे शुभारम्भ सांसद रंगमती शाहीले गरेकी थिइन् ।

काठमाडौं । सेफ स्कुल नेपाल र नेपाल अटोमोबाइलस एसोसिएसन (नासा) को आयोजनामा दोस्रो काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिवल सम्पन्न भएको छ । रसियन कल्चर सेन्टरको हलमा सम्पन्न फेस्टिभलकोे शुभारम्भ सांसद रंगमती शाहीले गरेकी थिइन् । कार्यक्रममा पूर्व डीएसपी विपिन गौतमले सडक सुरक्षा तथा सेफ स्कुल नेपालको तर्फबाट आत्मिय सिलवालले संस्थाको परिचय तथा उद्देश्यबारे प्रस्तुति दिएका थिए ।

साथै जुरी टिमको तर्फबाट वरिष्ठ कलाकार आरपी पन्त, निर्देशक सुचित्रा श्रेष्ठ तथा माधव खरेललगायतको सहभागिता थियो । कार्यक्रममा १२ जना नेपाली कलाकारद्वारा अभिनित सेभ लिभ्स क्याम्पियन भिडियो समेत विमोचन गरिएको थियो । फेडेरेशन इन्टरनेशनल डे मोटोसाइकलिजम फिल्मको सहयोगमा आयोजित सो फेस्टिवलमा कुल १८ वटा सर्ट फिल्मले सहभागिता जनाएको थियो । फेस्टिवलमा दिपक ठकुरीद्वारा निर्दे्शित फिल्म उडेको सपना उत्कृष्ट फिल्म बन्न सफल भएको थियो भने किशोर अनुरागद्वारा नै निर्देशित फिल्म इन्ड अफ ड्रिम दोस्रो र नेत्रबहादुर खड्काद्वारा निर्दे्शित रौंग स्टेप नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो । सेलिब्रेसन स्टुडियोले इन्ट अफ ड्रिम चलचित्रबाट वेस्ट फिल्म फस्ट रनर अप र चेतावनी चलचित्रबाट वेष्ट मुभी जुरी अवार्ड प्राप्त ग¥यो ।

विजेता फिल्महरुलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित शिल्ड, सर्टि्फिकेट प्रदान गरियो । सहभागी तथा विजेताहरुलाई कार्यक्रमका संयोजक ईश्वरबल्लभ उप्रेती तथा जुरी टिमले सर्टिफिकेट तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?