हातले बुनेको मैथिली पोशाक प्रधानमन्त्री ओलीको मोदीलाई गिफ्ट!

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
हातले बुनेको मैथिली पोशाक प्रधानमन्त्री ओलीको मोदीलाई गिफ्ट!

सारांश

  • काठमाडौं, २९ वैशाख- नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा एउटै खालको पोशाक लगाएका थिए ।
  • जनकपुरको बाह्रविघा मैदानमा आयोजित अभिनन्दन कार्यक्रममा दुवै प्रधानमन्त्रीले एउटै पोशाक लगाएपछि सबैजना छक्क परेका थिए ।
  • हल्का पहेंलो रङको कुर्ता र सेतो सुरुवालमा दुवै प्रधानमन्त्री देखिएका थिए ।

काठमाडौं, २९ वैशाख- नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा एउटै खालको पोशाक लगाएका थिए । जनकपुरको बाह्रविघा मैदानमा आयोजित अभिनन्दन कार्यक्रममा दुवै प्रधानमन्त्रीले एउटै पोशाक लगाएपछि सबैजना छक्क परेका थिए ।

हल्का पहेंलो रङको कुर्ता र सेतो सुरुवालमा दुवै प्रधानमन्त्री देखिएका थिए । त्यो कुनै संयोग नभएर योजनाबद्ध गरिएको थियो । त्यो दुवै पोशाक नेपालमै बनाएको थियो । प्रधानमन्त्री ओलीले मोदीलाई काठमाडौंमा तयार पारेर मोदीलाई पठाइदिएका थिए ।

हातले बुनिएको मैथिली पोशाक काठमाडौंमै तयार पारेर ओलीले मोदीलाई पठाइदिएको एमाले नेता राजन भट्टराईले बताएका छन् ।

यो पनि…

https://shikharkhabar.com/2018/05/11/68309/

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Durga Adhikari

    Pugena aba feri Nakabandhi huncha pakka. Utabata PM Oli kaka lai Dr. Upadhi puraskar diye. Nepal bata kanjusyai kina vayo.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?