नेकपाका अध्यक्ष ओली र दाहाल विरुद्ध सर्वोच्चमा रिट दायर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नेकपाका अध्यक्ष ओली र दाहाल विरुद्ध सर्वोच्चमा रिट दायर

सारांश

  • काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ ।
  • मोरङको ग्रामथान गाउँपालिकाका ३८ वर्षीय झलकुमार भगतले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालसहित उच्च ओहदाका व्यक्तिहरुविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
  • भगत २०६२ साल साउन ८ गते तत्कालिन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका थिए ।

मोरङको ग्रामथान गाउँपालिकाका ३८ वर्षीय झलकुमार भगतले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालसहित उच्च ओहदाका व्यक्तिहरुविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । भगत २०६२ साल साउन ८ गते तत्कालिन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका थिए ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनी हाल मकवानपुरको भीमफेदी कारागारमा छन् । उनीविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो ।

उनले आफूलाई विस्तृत शान्ति सम्झौता, तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको सहमति लगायतको भावनाविपरीत फैसला सुनाइएको दाबी गरेका छन् । रिटमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष दाहालसहित गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २१ जनालाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?