नेकपाको पहिलो वैठक- पार्टी एकतालाई फलदायी बनाउन आह्वान

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेकपाको पहिलो वैठक- पार्टी एकतालाई फलदायी बनाउन आह्वान

सारांश

  • शिखरन्युज ३ असार –  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको पहिलो वैठकले सरकारका काम प्रभावकारी बनाउन पार्टी पंक्तिमा कार्यकर्ता परिचालन हुन आह्वान गरेको छ ।
  • अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार वैठक बसेको हो ।
  • बैठकलाई अध्यक्षद्वयले पार्टी एकताबद्ध भएपछि कार्यकर्ता, जनसमुदायमा आएको उत्साहलाई आत्मसात गर्दै पार्टी निर्माणमा जुट्न आग्रह गरेका छन् ।

शिखरन्युज ३ असार –  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको पहिलो वैठकले सरकारका काम प्रभावकारी बनाउन पार्टी पंक्तिमा कार्यकर्ता परिचालन हुन आह्वान गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार वैठक बसेको हो ।

बैठकलाई अध्यक्षद्वयले पार्टी एकताबद्ध भएपछि कार्यकर्ता, जनसमुदायमा आएको उत्साहलाई आत्मसात गर्दै पार्टी निर्माणमा जुट्न आग्रह गरेका छन् । पार्टी एकतालाई सुदृढ, फलदायी बनाउन दुवै अध्यक्षले पार्टी पंक्तिलाई आह्वान तथा निर्देशन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले पार्टी एकता एक अद्वितीय, असाधारण र विशिष्ट घटना भएकाले त्यसका आधारमा अघि बढ्नुपर्नेमा जोड दिदै सांगठिक एकीरकणको प्रक्रियालाई छिटोभन्दा छिटो अघि बढाउने निष्कर्ष निकालेको छ ।

सरकारका कामहरुको जनस्तरमा राम्रो प्रभाव परिरहेको निश्कर्ष निकाल्दै बैठकले थप विषयमा आत्मसमीक्षा गर्दै अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएको छ ।

वैठकमा महासचिव विष्णु पौडेलले एकतापछि भएका सांगठनिक कामका बारे जानकारी गराउँदै एकीकरण प्रक्रिया ठीक ढंगले बढिरहेकाले गति दिन जोड दिए । महासचिव पौडेलको संयोजकत्वमा गठित नियमावली मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि वैठकमा छलफल भएको छ ।

उक्त मस्यौदामाथि स्थायी कमिटी सदस्यहरुले १० दिनभित्र आफ्ना राय–सुझावहरु दिने र केन्द्रीय सचिवालयले ती राय–सुझावहरु समेटेर तयार पारेको प्रस्ताव १५ दिनभित्र स्थायी कमिटीको बैठकबाट पारित गर्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री ओली र स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?