उपेन्द्र यादव सरकारबाट बाहिरिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
१९ पटक हेरिएको
Shares
उपेन्द्र यादव सरकारबाट बाहिरिने

सारांश

  • समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् ।
  • सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनका लागि जिम्मेवार नदेखिएको विषय उक्त दलभित्र जोडतोडले उठ्न थालेपछि यादवले सरकार छाड्ने भएका हुन् ।
  • उपेन्द्र यादव निकट स्रोतका अनुसार अबको केही दिनमै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने भएको छ ।

समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनका लागि जिम्मेवार नदेखिएको विषय उक्त दलभित्र जोडतोडले उठ्न थालेपछि यादवले सरकार छाड्ने भएका हुन् ।उपेन्द्र यादव निकट स्रोतका अनुसार अबको केही दिनमै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने भएको छ । उपप्रधानमन्त्री सहित स्वास्थ्यमन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई पार्टीभित्रबाट सरकार छाड्ने दबाब छ ।डा।बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँगको एकतापछि उक्त पार्टीले सरकार छाड्नसक्ने संकेत देखिएको थियो । बाबुराम र उपेन्द्रबीचको एकतालाई नेपाली राजनीतिमा तेस्रो शक्तिको बलियो उपस्थितिको तयारीका रुपमा समेत हेरिएको छ ।

पालना नभएको सम्झौता

समाजवादी पार्टी नेपालले विगत देखि नै संविधान संशोधन गरी मधेशी, जनजातिलगायत सीमान्तकृत समुदायको माग सम्बोधन हुने व्यवस्था गर्नुपर्नेमा जोड दिदै आएको छ । उसले सरकारमा सहभागी हुँदा नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गरेको थियो । सम्झौता अनुसार संविधान संशोधनको विषय समेत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?