नेकपाको स्थायी कमिटीमा बोल्ने क्रम आज सकिँदै
सारांश
- काठमाडौ ७ पुस ।
- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आजपनि जारी छ ।
- हिजोसम्म ४१ जना सदस्यले धारणा राखेका छन् भने बाँकी सदस्यले आज धारणा राखेसँगै बोल्नेक्रम सकिनेछ ।
काठमाडौ ७ पुस । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आजपनि जारी छ । हिजोसम्म ४१ जना सदस्यले धारणा राखेका छन् भने बाँकी सदस्यले आज धारणा राखेसँगै बोल्नेक्रम सकिनेछ ।
पार्टी मुख्यालय धुम्बाराहीमा एकसातादेखि जारी स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राखेपछि पार्टी अध्यक्षद्वयले उठेको जिज्ञासामाथि जवाफ फर्काउनु हुने नेकपा कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । लामो छलफल भएकाले आजलाई विश्राम लिने तयारी भएको र भोलि स्थायी कमिटी बैठकमा अध्यक्षले बोल्ने उनले बताए ।
स्थायी कमिटिी बैठकमा नेता बामदेव गौतमलाई पनि जवाफका लागि बोल्ने अवसर दिइने भएको छ । उनले बैठकमा फरक मतसहितको प्रतिवेदन पेश गरेका थिए । अधिकांश सदस्यहरुले नेतृत्वको कार्यशैली र सरकारको काममा बिषयमा प्रश्न गरेका छन् । मन्त्रीहरुको काम प्रभावकारी नभएको भन्दै सक्षमलाई अवसर दिन आग्रह गरिएको छ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी रहेको छ ।
प्रतिक्रिया