हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
१३ पटक हेरिएको
Shares
हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी

सारांश

  • सुर्खेत ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहपालिका हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावलले एक हजार आठ सय १० मत ल्याएर विजयी भएका छन् ।
  • उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका हुन् ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहपालिका हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावलले एक हजार आठ सय १० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका हुन् ।

यहाँ उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह (भरत) विजयी भएका छन् । उनले १ हजार ८७२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याए । यहाँ नेकपा एमाले र नेकपा एसबीच गठबन्धन गरिएको थियो ।

कांग्रेस–माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा काँग्रेसका रंगमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजंग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?