नेकपाले बल्ल प्रदेश कमिटीका सदस्यको नाम टुंगायो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नेकपाले बल्ल प्रदेश कमिटीका सदस्यको नाम टुंगायो

सारांश

  • काठमाडौं ।
  • पार्टी एकीकरण भएको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७ वटै प्रदेश कमिटीमा रहने सदस्यको नाम टुंगो लगाएको छ ।
  • तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको थिएन ।

काठमाडौं । पार्टी एकीकरण भएको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७ वटै प्रदेश कमिटीमा रहने सदस्यको नाम टुंगो लगाएको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको थिएन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार रातिसम्म बसेको बैठकले ७ वटै प्रदेश कमिटी एकीकरणको टुंगो लगाएको हो । सबै प्रदेश सदस्यको नामावली एकैसाथ आज बिहीबार सार्वजनिक गरिने तयारी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । बैठकले यसअघि प्रदेश कमिटी अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको छ ।

केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय संगठन एकीकरण, जिल्ला समितिका मुख्य नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

पार्टीमा स्थानीय तहसम्मको एकता अझै टुंगिन सकेको छैन । स्थायी कमिटी बैठक लामो समयसम्म नबस्दा सरकार र दलबीच समन्वय हुन नसकेको वैठकमा आवाज उठेको थियो । प्रदेश कमिटी पछि गाउँपालिका, नगरपालिकाहरुमा पार्टी एकता प्रक्रिया अघि बढाइने सचिवालय वैठकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना
कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
थाहा पाउनुहोस आजको राशीफल
थाहा पाउनुहोस आजको राशीफल
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी
राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति
प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति

तपाईंले छुटाउनुभयो कि?