म यो देशमा सम्वृद्धि कसरी र कहाँ खोजौ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ७, २०७७
|
|
५१ पटक हेरिएको
Shares
म यो देशमा सम्वृद्धि कसरी र कहाँ खोजौ ?

सारांश

  • हामीलाई थोरै थोरै खुसीले पनि रमाइलो गराउछ ।
  • घरको चुलो नबलोस तर सहर गाउँमा बाटो आयो आहा!
  • बत्ती आयो आहा!

हामीलाई थोरै थोरै खुसीले पनि रमाइलो गराउछ । घरको चुलो नबलोस तर सहर गाउँमा बाटो आयो आहा! बत्ती आयो आहा! पानी आयो आहा! स्कूल भवन, स्वास्थ्य चौकी, भेटनरी, उधोग, व्यापार, प्रहरी बिट, सहकारी, बैंक सबै सुविधा सम्पन्न झन क्या मज्जा । यी सबै सुविधा पाए पछि जीवनमा के नै चाहियो र ?

विकास भए पछि कहाँ हुन्छ र भोको पेट जीवन त्यसै रमाउछ । रोजगारीको सृजना हुन्छ सबैले काम पाउछन सबै व्यस्त हुन्छन । चिया पसल, चौतारोका राजनीतिका अखडा बन्द हुन्छन । फुर्सदमा चल्ने लाइफ हतारको रफ्तारमा हुन्छ । मान्छे चिया, खाजा खादै आफ्नो गन्तव्य तिर लम्किन्छ, बस, ट्रेन, पेल्ने, घरघरमा सबै प्रकारका सुविधा उपल्वध हुन्छन । सबै प्रकारका व्यवसाय देखि रोजगारदाताले राज्यलाई कर तिर्छन । सरकारले करका माध्यम बाट राज्य सन्चलनका साथ साथै भावी योजना तर्जुमा गर्न पाउछ । देश, जनता सम्वृद्धिको दिशा तिर लम्किन्छ । भावि पुस्ताले देशमै अवसर देख्छ र देशलाई टेवा दिने योजनाका साथमा आफ्नो भविष्यको कार्य दिशा तय गर्छ ।

यहाँ बाटो खन्ने होइन बाटो आफ्नो घरमा पुर्याउने, आफ्नै घरलाई पहिलो उज्यालो घर बनाउने, आफ्नै स्वार्थमा, स्कूल, अस्पताल, उधोग, व्यापार, सहकारी, बैंक अनि आफ्नै पापको सुरक्षाका लागि प्रहरी कार्यालय बनाउने परिपाटीको विकास गरि जनतालाई भोकमा सुताएर एक छाक मिठो खानका लागि आफ्नो भजन गाउन चिया पसल, चौतारोमा राजनीतिक अखडा बनायर केही संस्था, व्यक्तिलाई परिचालन गरेर सरकार आफु मात्रै सुरक्षित हुदै देशलाई खोक्रो बनाउदै आईरहेको छ ।

हामी देख्न सक्छौ स्थानिय सरकारका स्वार्थ जम्मा प्रतिशतमा छ त्यसै गरि प्रदेश र केन्द्रीय सरकार एवम रितमा भ्रष्टाचारमा तल्लिन छ । भाग नपुगे मात्रै यसो बोल्ने प्रतिपक्ष, बोले जस्तै गर है भनेर अराएको मान्ने भरौटेको चङ्गुलमा फसेको देशलाई पार लाउने भाषण गर्नेहरु नै बिकाउ छन् अनि म यो देशमा सम्वृद्धी कसरी खोजौ ?

(https://flathatnews.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ उपत्यकामा भोलीदेखि १ हप्ता निषेधाज्ञा
विदेशी मुद्राको विनिमयदरः कुन घट्यो कुन बढ्यो
विदेशी मुद्राको विनिमयदरः कुन घट्यो कुन बढ्यो
न्यायाधीश सिफारिस : नाताले प्राथमिकता पाए, हेर्नुस्, कसको नाता को !
न्यायाधीश सिफारिस : नाताले प्राथमिकता पाए, हेर्नुस्, कसको नाता को !
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे
गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे
आज विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच हुँदैछ ?
आज विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच हुँदैछ ?
नेकपा विवाद स्थायी समितिमा
नेकपा विवाद स्थायी समितिमा
मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली
मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली
कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त
कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा