पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि नख्खुस्थित मेडिसिटी अस्पतालको सिसियू (सघन) कक्षमा उपचार सुरु गरिएको छ ।
  •   मुटु, श्वासप्रश्वास र छातीको संक्रमणको उपचारका लागि गत २३ पुसमा अस्पताल भर्ना भएका अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार भएपछि उनी ३० पुसमा डिस्चार्ज भएका थिए ।
  • तर, अचानक समस्या बल्झिएपछि पुनः २ माघको राति सोही अस्पताल भर्ना गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि नख्खुस्थित मेडिसिटी अस्पतालको सिसियू (सघन) कक्षमा उपचार सुरु गरिएको छ ।  मुटु, श्वासप्रश्वास र छातीको संक्रमणको उपचारका लागि गत २३ पुसमा अस्पताल भर्ना भएका अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार भएपछि उनी ३० पुसमा डिस्चार्ज भएका थिए । तर, अचानक समस्या बल्झिएपछि पुनः २ माघको राति सोही अस्पताल भर्ना गरिएको थियो । 

‘मुटु र श्वासप्रश्वासमा समस्या थपिएपछि अहिले सघन उपचार कक्ष (सिसियू)मा उपचार भइरहेको छ,’ अधिकारीका स्वकीय सचिव महेश विष्टले भने, ‘२४ घन्टाको अब्जर्भेसनमा नयाँ औषधि चलाएर मुटुमा देखिएको समस्या कम गर्ने चिकित्सकहरूको प्रयास छ ।’ मुटुरोग विशेषज्ञ डा. रञ्जित शर्मासहितको टोलीले अधिकारीको उपचार गरिरहेको छ ।

उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले चिकित्सकलाई उद्धृत गर्दै अधिकारीको मुटुको चाल र छातीको रिपोर्ट सुधारोन्मुख देखिएको जानकारी दिए । चिकित्सकहरूले होहल्ला र भेटघाटका कारण संक्रमण बल्झिएकाले समस्या थपिएको परिवारका सदस्यहरूलाई जानकारी दिएका छन् ।

 नेताहरूले लिए स्वास्थ्य अवस्थाको जानकारी 
नेता अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य जनार्दन शर्मा, मन्त्रीहरू, नेकपाका स्थायी समिति र केन्द्रीय कमिटीका नेताहरूले भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 

यसैबीच, महासचिव विष्णु पौडेलले विज्ञप्तिमार्फत मेडिसिटी अस्पतालमा सिसियू कक्षमा अधिकारीको उपचार भइरहेको जानकारी दिँदै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । ८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्री, अर्थमन्त्री, स्थायी कमिटी सदस्यलगायत पार्टी, राजकीय र सामाजिक क्षेत्रका महत्वपूर्ण जिम्मेवारी सम्हालेर देश र जनताको सेवा गरेको विज्ञप्तिमा स्मरण गरिएको छ ।नयाँ पत्रपत्रीका  दैनिक बाट .

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?