नेकपा पछ्याउँदै बाबुराम र उपेन्द्र दुवै अध्यक्ष हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २२, २०७६
|
|
३८ पटक हेरिएको
Shares
नेकपा पछ्याउँदै बाबुराम र उपेन्द्र दुवै अध्यक्ष हुने

सारांश

  • काठमाडौं ।
  • शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने निश्चित भएको छ।
  • दुवै पार्टीले नेकपाको दुई अध्यक्षतात्मक प्रणाली अपनाउँदै दुईजना अध्यक्ष हुने भएका छन् ।

काठमाडौं । शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने निश्चित भएको छ। दुवै पार्टीले नेकपाको दुई अध्यक्षतात्मक प्रणाली अपनाउँदै दुईजना अध्यक्ष हुने भएका छन् ।

नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राख्नेगरी सहमति भएको बताइएको छ । भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष हुनेछन्। नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा शनिबार दुई पार्टीको बैठक बसी एकता घोषणा गर्ने निर्णय गरेका थिए ।

छलफलले वैशाख २३ गते सोमबार पार्टी एकता घोषण गर्ने सहमति भएको यादव र भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा छ ।

दुई पार्टीका शीर्ष नेताहरुबीच केही दिनयता पार्टी एकताको विषयलाई लिएर पटक पटक वार्ता र छलफल चलेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?