नेता मदन अमात्यले गरे आर्थिक समृद्धिका योजना सार्वजनिक, चुनाव जित्ने दावि !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
नेता मदन अमात्यले गरे आर्थिक समृद्धिका योजना सार्वजनिक, चुनाव जित्ने दावि !

सारांश

  • ललितपुर प्रतिनीधिसभासभा क्षेत्र नम्बर तिनबाट उम्मेद्वार बनेका निवर्तमान सांसद मदन अमात्यले मुलुकको आर्थिक समृद्धिका लागि पाँच बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
  • बिहीबार सानेपा स्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निवर्तमान सांसद अमात्यले मुलुकको आर्थिक समृद्धिका लागि पाँच बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
  • अमात्यले ५ बर्षभित्र ललितपुरका सबै सडक कालोपत्रे गर्ने, जिल्लालाई खानेपानी समस्या रहित जिल्ला बनाउने, मुलुकमा विभिन्न समयमा गएको भुकम्पका कारण क्षति भएका भौतिक संरचनाहरु निर्माण गर्ने, जिल्लालाई सफा, सुन्दर र शान्त शहर बनाउने तथा विश्वमै चिनाउनका लागि ललितपुरलाई नमूना जिल्लाको रुपमा स्थापित गराउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका हुन् ।

ललितपुर प्रतिनीधिसभासभा क्षेत्र नम्बर तिनबाट उम्मेद्वार बनेका निवर्तमान सांसद मदन अमात्यले मुलुकको आर्थिक समृद्धिका लागि पाँच बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । बिहीबार सानेपा स्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निवर्तमान सांसद अमात्यले मुलुकको आर्थिक समृद्धिका लागि पाँच बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

अमात्यले ५ बर्षभित्र ललितपुरका सबै सडक कालोपत्रे गर्ने, जिल्लालाई खानेपानी समस्या रहित जिल्ला बनाउने, मुलुकमा विभिन्न समयमा गएको भुकम्पका कारण क्षति भएका भौतिक संरचनाहरु निर्माण गर्ने, जिल्लालाई सफा, सुन्दर र शान्त शहर बनाउने तथा विश्वमै चिनाउनका लागि ललितपुरलाई नमूना जिल्लाको रुपमा स्थापित गराउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका हुन् । ‘मेचल्चीको पानीले ललितपुरलाई धान्न सक्दैन’ पत्रकारहरुसँग कुराकानीको क्रममा अमात्यले भने– ‘म जनतालाई झुठो आश्वासन दिन चाहान्न, मैले जिते जिल्लामा खानेपानीको समस्या सधैका लागि हराउछ ।’ पछिल्लो समय व्यवसायका लागि राजनीति गर्ने परिपाठी बढेको भन्दै अमात्यले आफूले जिते मुलुकको समृद्धिका लागि सधै समाजसेवामा लाग्ने प्रतिवद्धता समेत जनाए ।

‘ललितपुरका ५० प्रतिशत स्थानीय तह बैंकिङ पहुँच बाहिर छन्, ललितपुरका जनतालाई बैंकको पहुँचभित्र ल्याउने योजना छैन् ?’ भन्ने मध्यान्ह राष्ट्रिय दैनिकको प्रश्नमा निवर्तमान सांसद अमात्यले भने– ‘बैंकमा अहिले ठूलाबडाको मात्रै पहूँच छ, अब आर्थिक कारोबार पारदर्शीताका लागि बैंकमा सबैको पहुँच पु¥याउन म लागि पर्नेछु ।’ बैंकका केहि सञ्चालक नै ठगी धन्दामा लाग्ने गरेको समाचार विभिन्न समयमा प्रकाशन हुने गरेको भन्दै बैंकिङ क्षेत्रलाई थप पारदर्शी बनाउनु पर्ने अमात्यको भनाई थियो ।
निवर्तमान सांसद अमात्य नेपाली कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नम्बर तिनमा प्रतिनीधिसभा सदस्यका उम्मेद्वार बनेका हुन् । उनी ललितपुर कांग्रेसको सभापति समेत हुन् । उनले पत्रकारहरु सँगको कुराकानीका क्रममा निर्वाचन आयोगले तोकेको खर्चको सिमा भन्दा बढी खर्च नगर्ने बताएका छन् ।

(nelsonjsalon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षाकर्मीहरुको पनि उच्च सुरक्षा,ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु
सुरक्षाकर्मीहरुको पनि उच्च सुरक्षा,ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु
आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने
आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने
नेपाललाई घेराबन्दीमा पार्दै अमेरिका ?
नेपाललाई घेराबन्दीमा पार्दै अमेरिका ?
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?
एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?
सभामुखद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणित
सभामुखद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणित
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध हत्याको अभियोगमा किटानी जाहेरी
फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध हत्याको अभियोगमा किटानी जाहेरी
पर्यटन बोर्डले आइतबार सिइओ पाउँदै
पर्यटन बोर्डले आइतबार सिइओ पाउँदै
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

तपाईंले छुटाउनुभयो कि?