एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?

सारांश

  • काठमाडौं, १५ कार्तिक ।
  • एमालेले प्रदेश नम्बर ६ को दोस्रो चरणमा चुनाव हुने तीन जिल्लाको प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षका उम्मेदवारहरुको टुङ्गो लगाएको छ।
  • तीन जिल्लाको पाँच प्रतिनिधिसभा मध्ये एमालेले चार र नेकपा माओवादी केन्द्रले एक सीट प्राप्त गरेको छ।

काठमाडौं, १५ कार्तिक । एमालेले प्रदेश नम्बर ६ को दोस्रो चरणमा चुनाव हुने तीन जिल्लाको प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षका उम्मेदवारहरुको टुङ्गो लगाएको छ।

तीन जिल्लाको पाँच प्रतिनिधिसभा मध्ये एमालेले चार र नेकपा माओवादी केन्द्रले एक सीट प्राप्त गरेको छ।

प्रदेशसभा दस स्थानमा एमालेले ६ र माओवादी केन्द्रले चार स्थान प्राप्त गरेको थियो । सल्यानको प्रतिनिधिसभाको अतिरिक्त माओवादीले प्रदेशसभामा सुर्खेतमा दुई र दैलेखमा एक स्थान प्राप्त गरेको छ । सल्यानमा आफूले प्राप्त गरेको प्रतिनिधिसभामा माओवादीले विना विभागीय मन्त्री टेकबहादुर बस्नेतलाई उम्मेदवार बनाउँदैछ।

एमाले स्थायी कमिटीको मंगलबार राति बसेको बैठकले सुर्खेत-१ बाट ध्रुवबहादुर शाही र सुर्खेत-२ बाट नवराज रावत र दैलेख-१ बाट रविन्द्र शर्मा र दैलेख -२ बाट राजबहादुर बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

साविकको भेरी र कर्णाली अञ्चलका जिल्लाहरुलाई समेटेर बनेको यो प्रदेशमा पहिलो चरणमा पश्चिम रुकुम,  जाजरकोट, हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पामा पहिलो चरणमा चुनाव हुँदैछ।

मुख्यमन्त्रीमा प्रतिस्पर्धी थपिए

माओवादीसँग चुनावी तालमेलको कारण समितिका पूर्व सभापति  प्रकाश ज्वाला प्रदेशसभामा सल्यान (ख)को उम्मेदवार बनेपछि प्रदेश-६को मुख्यमन्त्रीको दौड रोमाञ्चक बनेको छ । एमालेका पोलिटब्युरो सदस्य रहेका ज्वालाले प्रतिनिधिसभाको उम्मेदवार बन्ने जोड रहेको थियो । तर सीटको बाँडफाँट हुँदा उनको क्षेत्र माओवादी केन्द्रको भागमा पर्‌यो जसको कारण उनी प्रदेशसभाबाट चुनाव लड्ने भए ।

यसअघिनै माओवादीका विना विभागिय मन्त्री महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने भन्दै प्रदेशसभाबाट प्रतिस्पर्धामा रहेका छन्। पार्टीलाई प्रतिनिधिसभाकै टिकट दिएपनि उनले अन्तिम समयमा प्रदेशसभा रोजेका थिए ।

एमालेकै अर्को पोलिटब्युरो सदस्य यमलाल कँडेल पनि मुख्यमन्त्रीका आकाक्षी हुन्। उनले सुर्खेत-२ (ख) निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन्।

एमालेका उम्मेदवारहरु

प्रतिनिधिसभातर्फ 

सुर्खेत – १ ध्रुवबहादुर शाही

सुर्खेत – २  नवराज रावत

दैलेख – १ रविन्द्र शर्मा

दैलेख – २ राजबहादुर बुढा

प्रदेशसभातर्फ

सल्यान(क)- गुलावजंग शाह

सल्यान (ख) प्रकाश ज्वाला

सुर्खेत १(क) खड्ग खत्री

सुर्खेत २ (ख) यमलाल कँडेल

दैलेख-१ (ख)- अमर थापा

दैलेख २ (क) सुशील थापा

दैलेख २ (ख) राजबहादुर शाही

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुटपिटबाट एकजनाकाे मृत्यु, ७ जना पक्राउ
कुटपिटबाट एकजनाकाे मृत्यु, ७ जना पक्राउ
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
अर्थशास्त्रमा पिएचडी गरेका डा. महतलाई अर्थतन्त्र सुधार्ने चुनौती
अर्थशास्त्रमा पिएचडी गरेका डा. महतलाई अर्थतन्त्र सुधार्ने चुनौती
“официальный Сайт Мостбет Кз: Вход, Регистрация, Казино
घाँस काट्न जाँदा भीरबाट लडेर दुई महिलाको मृत्यु
घाँस काट्न जाँदा भीरबाट लडेर दुई महिलाको मृत्यु
अध्यक्ष दाहाल भन्छन् ‘एमालेले फोरमसँग तालमेल गर्न नसकेपछि हामीसँग आयो’
जमघट नगरौं : भोज, उत्सव, पर्व, मेलामा सचेत
जमघट नगरौं : भोज, उत्सव, पर्व, मेलामा सचेत
करण जाेहरले ताेड्द‌ै सलमानकाे रेकर्ड, लगातार १५ ठूला फिल्म १५ सय कराेड कमाइ !
करण जाेहरले ताेड्द‌ै सलमानकाे रेकर्ड, लगातार १५ ठूला फिल्म १५ सय कराेड कमाइ !
सिन्डिकेटवालाले आन्दोलन गरे रुट इजाजत खारेज गर्ने सरकारको तयारी
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

तपाईंले छुटाउनुभयो कि?