नेदरल्याण्डका खेलाडी रोबेनले लिए खेल जिवनबाट सन्यास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
१७ पटक हेरिएको
Shares
नेदरल्याण्डका खेलाडी रोबेनले लिए खेल जिवनबाट सन्यास

सारांश

  • एजेन्सी ।
  • नेदरल्याण्डका स्टार खेलाडी आर्जेन रोबेनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
  • जर्मन क्लब वायर्न म्युनिखका पूर्व विंगर रोबेनले बिहिबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

एजेन्सी । नेदरल्याण्डका स्टार खेलाडी आर्जेन रोबेनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । जर्मन क्लब वायर्न म्युनिखका पूर्व विंगर रोबेनले बिहिबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

चेल्सी र रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका रोबेनले आफ्नो १९ बर्षे खेल जीवनबाट सन्यास लिएका छन्। उनले आफ्नो क्लब करियरमा ६०६ खेल खेल्दै २१० गोल गरेका थिए । यस सिजनको अन्त्यसंगै वायर्न छाडेका उनले ३०९ खेलमा १४४ गोल गरेका थिए ।

रोबेनले सन् २०१७ बाट अन्तर्रा्ष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।

यो पनि पढ्नुस्
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
काठमाडौं। आयोजक टिम इंग्ल्याण्ड आईसीसी विश्व कप क्रिकेट २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्रिकेटको जननी इंग्ल्याण्ड १९९२ पद्धि पहिलो पटक सेमिफाइनलमा पुगको हो ।

बुधबार चेष्टर ले स्ट्रीटमा न्यूजिल्याण्डलाई १०९ रनले पराजित गर्दै १२ अंकका साथ इंग्ल्याण्ड सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको इंग्ल्याण्डले जोनी बेयरस्टोको शतकको मद्दतमा ३०५ रन बनाएको थियो । जवाफी ब्याटिंग गरेको न्यूजिल्याण्ड ४५ ओभरमा १८६ रनमा अलआउट भयो ।

इंग्ल्याण्डका लागि मार्क वुडले तीन विकेट लिए भने अन्य बलरले एक एक विकेट लिए । पछिल्ला दुई खेल जित्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । उसले आफ्ना ९ खेल मध्य ६ खेलमा जित हात पार्दै १२ अंकका साथ सेमिफाइनल पुगेको हो ।

उता लगातार तीन खेल गुमाएपछि न्यूजिल्याण्ड भने संकटमा फसेको छ । हाल न्यूजिल्याण्डको अंक तालिकामा ११ अंक छ । अब पाकिस्तानलेमात्र ११ अंक बटुल्न सक्ने अवस्था भएकाले न्यूजिल्याण्डको तनाव बढेको हो ।

इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेसँगै दक्षिण एसियाली टिम पाकिस्तानको सेमिफाइनल यात्रा निकै कठिन भएको छ । आफ्नो अन्तिम खेलमा बंगलादेशलाई विशाल अन्तरले पराजित गर्दै न्यूजिल्याण्डलाई नेट रन रेटमा उछिनेमात्र पाकिस्तान सेमिफाइलन पुग्ने छ । पाकिस्तान अन्तिम खेलमा बंगलादेशसँग पराजित भए न्यूजिल्याण्ड सेमिफाइनलमा सजिलै पुग्ने छ ।

हाल ११ अंक रहेको न्यूजिल्याण्डको नेट रन रेट शून्य दशमलव १७५ छ । उता ९ अंक रहेको पाकिस्तानको नेट रन रेट माइनस शून्य दशमलव ७९२ छ । पाकिस्तानलाई यो रन रेट सुधार गर्न विशाल अन्तरले जित आवश्यक पर्नेछ । पाकिस्तानले बंगलादेशलाई ३१६ रनको अन्तरले पराजित गर्न सके पाकिस्तान सेमिफाइनल प्रवेश गर्नेछ अन्यथा न्यूजिल्याण्ड सेमिफाइनलमा जानेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?