एकदिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टोली श्रीलंकाबाट यूएई प्रस्थान
सारांश
- आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) गएको छ ।
- अभ्यास खेलका लागि श्रीलंकामा रहेको नेपाली टोली उतैबाट यूएई गएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
- श्रीलङ्कामा नेपालले तीन वटा खेल जितेको थियो भने एउटामा पराजित भएको थियो ।
आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) गएको छ । अभ्यास खेलका लागि श्रीलंकामा रहेको नेपाली टोली उतैबाट यूएई गएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
श्रीलङ्कामा नेपालले तीन वटा खेल जितेको थियो भने एउटामा पराजित भएको थियो । यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको शृङ्खलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्नेछ ।
यस्तै दोस्रो खेल चैत ४ गते यूएईसँग, तेस्रो खेल चैत ७ गते यूएईसँग नै र चैत ८ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ । विश्व क्रिकेट लिग–२ मा आठ खेलमा आठ अङ्कसहित नेपाल छैटौँ स्थानमा छ । यूएई तेस्रो र पीएनजी पुछारमा रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया