नेपालकै पहिलो फिल्म नगरि दोलखामा बन्ने पक्का भो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २५, २०७३
|
|
१५३४ पटक हेरिएको
Shares

सारांश

  •  दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ ।
  • मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिएको छ ।
  • मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.
 दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ ।
मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको हो । मन्त्रिपरिषद्को स्वीकृति लगत्तै २०७३ चैत १५ गते वन विभाग र चलचित्र विकास बोर्डबीच सम्झौता भएको छ ।
वन विभागले तत्काल पत्र लेखी जिल्ला वन कार्यालय, दोलखालाई कार्यान्वयन अगाडि बढाउन निर्देशन दिएको छ ।
ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो । चलचित्र नगरी निर्माणका लागि लाकुरीडाँडा गाविसको सेतीदेवी दादर सामुदायिक वनले ७६.२५ हेक्टर जमिनको भोगाधिकार प्रदान गरिसकेको छ । स्थानीयवासी जितबहादुर श्रेष्ठले फिल्म सिटीका लागि थप जमिन दिनसमेत तयार भएको  बुझिएको छ ।
डाँङ्डँुगेडाँडामा फिल्म सिटी बनेमा यहाँ अहिलेसम्मको विश्वको सवैभन्दा बढी उचाईमा फिल्म सिटी बन्ने, आर्थिकरुपमा नेपाल सम्पन्न हुँदै जाने, सामाजिक तथा प्राविधिकरुपमा उपयुक्त ठाउँ रहेको र हावापानीको हिसाबले पनि अति उपयुक्त रहेको विश्वास गरिएको छ ।
फरक प्रकृतिको फिल्म सिटी बन्ने यो स्थान काठमाडाँैबाट करिब एकसय नौ किमी पूर्वमा रहेको डाँङडुँगेडाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, चार बजे शपथ
योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, चार बजे शपथ
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली
बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : डा वाग्ले
बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : डा वाग्ले
पहिलोपटक प्रहरी कारबाहीमा मारिए विप्लवका कार्यकर्ता घिमिरे
पहिलोपटक प्रहरी कारबाहीमा मारिए विप्लवका कार्यकर्ता घिमिरे
पानीको भाडामा डुबेर सोलुखुम्बुमा एक बालिकाको मृत्यु
पानीको भाडामा डुबेर सोलुखुम्बुमा एक बालिकाको मृत्यु
पक्राउ पुर्जी जारी भएकी शिल्पा भोजपुरी फिल्ममा व्यस्त !
पक्राउ पुर्जी जारी भएकी शिल्पा भोजपुरी फिल्ममा व्यस्त !
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

तपाईंले छुटाउनुभयो कि?