नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !

सारांश

  • काठमाडाै, १९ असाेज ।
  • नाईँ नभन्नू ल ५ बाट धमाकेदार डेब्यू गरेकी चाईल्ड एक्ट्रेस सेड्रिना शर्माको परिवारले सञ्चालन गरिरहेको मिठाई पसल संगम स्वीटसको नयाँ बानेश्वर ब्रान्चमा सरकारले शिलबन्दी गरेको छ ।
  • उक्त शाखाले विक्रि वितरण गर्दै आएको मिठाईमा अखाद बस्तु भेटिएपछि पसल सहित उक्त शाखाको मध्य बानेश्वर मिलन चौकमा रहेको गोदाममा समेत शिलबन्दी गरिएको छ ।

काठमाडाै, १९ असाेज । नाईँ नभन्नू ल ५ बाट धमाकेदार डेब्यू गरेकी चाईल्ड एक्ट्रेस सेड्रिना शर्माको परिवारले सञ्चालन गरिरहेको मिठाई पसल संगम स्वीटसको नयाँ बानेश्वर ब्रान्चमा सरकारले शिलबन्दी गरेको छ । उक्त शाखाले विक्रि वितरण गर्दै आएको मिठाईमा अखाद बस्तु भेटिएपछि पसल सहित उक्त शाखाको मध्य बानेश्वर मिलन चौकमा रहेको गोदाममा समेत शिलबन्दी गरिएको छ ।मंगलबार खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बानेश्वर क्षेत्रका पसलमा अनुगमन गरेसंगै संगम स्वीटसको उत्पादन र वितरणमा रोक लगाईएको हो ।

अनुगमनका क्रममा कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमिकल मिठाई बनाउँन प्रयोग भएको तथा उत्पादन भएको मितिले ४ महिना सम्म मात्र प्रयोग गर्न मिल्ने कोकोनट पाउडर विगत ६/७ वर्षदेखि प्रयोग गरिरहेको कारण संगमको उक्त शाखामा शिल गरिए खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभागले जनाएको छ । संगम स्वीट्सको राजधानी सहित देश भरमा ६ वटा शाखा सञ्चालनमा छन् जसको मुख्य सञ्चालक सेड्रिनाका पिता संगम शर्मा हुन । मिठाई बनाउँन अखाध बस्तुको प्रयोग भएको पाईएपछि सञ्चालक शर्मालाई खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग ले ‘३ दिनभित्र विभागमा उपस्थित हुन पत्र समेत काटेको छ । २० बर्ष अघि झापाको दमकबाट सुरु भएको यो स्वीटसको नयाँ बानेश्वर ब्रान्च चाँहि सन् २०१२ देखि सञ्चालित थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?