‘सी ओ डब्लु काउ’ मा रीमा विश्वकर्माको मादक नृत्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
‘सी ओ डब्लु काउ’ मा रीमा विश्वकर्माको मादक नृत्य

सारांश

  • नायिका केकी अधिकारीले निर्माण गरेको पहिलो चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु काउ’ युट्युबमा रिलिज भएको २४ घन्टामै करिब साढे तीन लाखभन्दा बढीले हेरेका थिए ।
  • मोडलिङ, म्युजिक भिडियो हुँदै अभिनयमा लोकप्रियता कमाएर निर्माणमा हात हालेकी केकी पहिलो चलचित्रको पहिलो गीतमा पाएको प्रतिक्रियाबाट निकै उत्साहित छिन्।
  • राजनराज शिवाकोटीको संगीत तथा राजनराज र लोकप्रिय गायिका मेलिना राईको आवाजमा रिमा विश्वकर्मा, केकी आफैँ, गम्भीर बिष्ट र विनोद न्यौपानेको अभिनय छ।

नायिका केकी अधिकारीले निर्माण गरेको पहिलो चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु काउ’ युट्युबमा रिलिज भएको २४ घन्टामै करिब साढे तीन लाखभन्दा बढीले हेरेका थिए ।

मोडलिङ, म्युजिक भिडियो हुँदै अभिनयमा लोकप्रियता कमाएर निर्माणमा हात हालेकी केकी पहिलो चलचित्रको पहिलो गीतमा पाएको प्रतिक्रियाबाट निकै उत्साहित छिन्। राजनराज शिवाकोटीको संगीत तथा राजनराज र लोकप्रिय गायिका मेलिना राईको आवाजमा रिमा विश्वकर्मा, केकी आफैँ, गम्भीर बिष्ट र विनोद न्यौपानेको अभिनय छ। गम्भीर ‘कोहलपुर एक्सप्रेस’का नृत्य निर्देशक पनि हुन्।

यो मेलोडियस गीतमा रिमा नृत्य र अभिनय दुवैमा जमेकी छन् । युट्युबमा यो गीत हेर्ने दर्शकले रिमालाई निकै मन पराएको प्रतिक्रिया दिएका छन् ।

तीनवटा गीतमात्र भएको ‘कोहलपुर एक्सप्रेस’का बाँकी दुई गीत अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाले तयार पारेका हुन् । अहिलेका तीन चर्चित संगीतकर्मी कालीप्रसाद, राजन र अर्जुनबाट ‘कोहलपुर एक्सप्रेस’का तीन गीत कम्पोज गराएको केकीले जानकारी दिइन्।

नेपाली चलचित्र जगतमा मिलनसार र अध्ययनशील नायिकाको छवि बनाएकी केकीको फेसबुकको टाइमलाइन  यो गीत रिलिज भएयता उनलाई दिएका बधाई र शुभकामनाका स्टाटसले भरिएको छ। गीत रिलिज भएको २४ घन्टामै सयौँले फेसबुक, म्यासेज र फोनबाट चलचित्रका लागि आफूलाई शुभकामना दिएको केकीले जानकारी दिएकी छन् ।

केकीका अनुसार २०७५ वैशाखमा रिलिज हुन लागेको ‘कोहलपुर एक्सप्रेस’ अहिले सम्पादनका क्रममा छ। जुनकिरी आर्ट्स प्रोडक्सनको ब्यानरमा निर्माण हुँदै गरेको यो चलचित्र विशाल भण्डारीले निर्देशन गरेका हुन्।

हेर्नुहोस् गीत

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्नेः राप्रपा अध्यक्ष थापा
सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्नेः राप्रपा अध्यक्ष थापा
भ्रष्टाचारीले उन्मुक्ति नपाउनेः वरिष्ठ नेता नेपाल
भ्रष्टाचारीले उन्मुक्ति नपाउनेः वरिष्ठ नेता नेपाल
काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?
काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
बिक्री भएन दाङमा उत्पादित मह
बिक्री भएन दाङमा उत्पादित मह
चार लाख ६७ हजार विद्यार्थीले आजदेखि कक्षा १२ को परीक्षा दिँदै
चार लाख ६७ हजार विद्यार्थीले आजदेखि कक्षा १२ को परीक्षा दिँदै
यस्तो छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी प्रचार अभियान
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित
अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई
अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा

तपाईंले छुटाउनुभयो कि?