यस्ताे रहेछ महिलाहरुको चुल्ठो काट्ने घटनाको रहस्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
यस्ताे रहेछ महिलाहरुको चुल्ठो काट्ने घटनाको रहस्य

सारांश

  • काठमाडाै, २३ साउन ।
  •   केही समयदेखि तराईका विभिन्न जिल्लाहरुमा बढ्दै गएको महिलाहरुको चुल्ठो काट्ने घटनाको रहस्य बाहिर आउन थालेका छ ।
  • रुपन्देही र कपिलवस्तुमा पनि युवतीहरुको चुल्ठो काटिएका घटना सार्वजनिक भएको थियो ।

काठमाडाै, २३ साउन ।  केही समयदेखि तराईका विभिन्न जिल्लाहरुमा बढ्दै गएको महिलाहरुको चुल्ठो काट्ने घटनाको रहस्य बाहिर आउन थालेका छ । रुपन्देही र कपिलवस्तुमा पनि युवतीहरुको चुल्ठो काटिएका घटना सार्वजनिक भएको थियो । उता सुनसरी जिल्लाको देवानगन्जमा पनि एक महिलाको चुल्ठो काटिएको समाचार बाहिरियो । त्यस्तै विराटनगरमा पनि यति बेला त्यस घटनाबारे व्यापक चर्चा पाईरहेको छ ।

अहिले त्यो घटना विराटनगरमा पनि घटेको छ भन्दा तपाईहरुलाई पत्यार नलाग्न सक्छ । बरगाछी स्थित श्रीबाल मावी कक्षा ९ मा अध्ययनरत १४ बर्षिया बालिका पिकी कर्णको कपाल काटिएको भेटेपछि उक्त बालिका र उनका आफन्तसंग वास्तविक के हो भनि सोधपुछ गर्दा उनकी ठूली आमा पुनिता दासले भनिन् – ‘हाम्री ३ छोरी र हामी घरका सबैे जना राती ११ बजे सम्म सबैले टिभी हेरेर सुतिसकेको थियौं ।’ आज विहान ४ बजे तिर मेरो कानमा किरा पसे जस्तो लाग्यो र व्यूझे अनि म ३ जना छोरी सुतेको कोठामा गए कोठामा पस्ना साथ भुईमा कालो कपाल देखे ।’ म त झसङ्ग भए ! हत्तपत्त म छोरीहरुलाई उठाए , भुईमा कपाल देखेपछि सबै जना चिच्चाए । फेरी राम्ररी छोरीहरुको कपाल हेरे तर विचमा सुतेकी छोरी पिंकीको कपाल छोटो देखे पछि त झनै हल्ला गर्न थाले । सबै आफन्त र गाँउलेलाई बोलाए । राती घरमा यस्तो घटना हुन्छ भनेर निमको पत्ता राख्नुपर्छ भनेर सासु आमाले ढोकामा झुन्डाउनु भएको थियो तर पनि छोरीको कपाल काटेपछि म आफै अचम्मित परीरहेको छु ।

छोरीलाई अहिले राम्रै भएको र अन्तै आफन्तकोमा राखिएको उनले बताईन् ।’
काटिएको कपाल रानी प्रहरीले अनुसन्धानको लागी लगेको छ । केहीदिन अगाडी पनि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी १५ वर्षीया रोमी (परिवर्तित नाम) को चुल्ठो आइतबार बिहान काटिएको थियो । सोही नगरपालिकाकी अर्की २७ वर्षीया युवतीको पनि चुल्ठो काटिएको थियो । यस्तै, कपिलवस्तुको मायादेवी गाउँपालिकाकी १८ वर्षीया युवती पनि सो घटनाबाट पीडित बनेकी छन् । उनीहरुको कपाल कैंचीले काटिएको जस्तो देखिन्छ ।

तर कसरी र कसले काटिदियो भन्नेबारेमा प्रहरीले कपालको चेकजाँच गरेपछि मात्र भन्न सकिने बताएको छ । यस घटनालाई कतिपयले माईकी नामक किराले महिलाहरुको कपाल काटेको बताएका छन् भने कतिपयले भुतप्रेतले यस्तो भएको भनेकाछन् । यस विषयमा थप हामीले रानी ईलाका प्रहरी कार्यलय विराटनगरका ईन्सपेक्टर सन्तोस निरौलासँग कुरा गर्दा यो केही पनि हैन यस घटना सामान्य भएको प्रतिक्रिया दिए । यो जङगलमा पाईने एक किसीमको माईका नामक किराले विशेष गरी वयस्क किशोरी तथा महिलाहरुलाई टोक्ने गरेका कारण यस्तो भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?