नेपालकै होचा कलाकार दिपेन शाहको निधन
सारांश
- काठमाडौँ, कात्तिक ३०।
- नेपालकै होचा कलाकार दिपेन शाहको आज बिहान निधन भएको छ ।
- पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज निधन भएको हो ।
काठमाडौँ, कात्तिक ३०। नेपालकै होचा कलाकार दिपेन शाहको आज बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो ।
केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए । उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । यही कारणले उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो ।
२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।
Dilli Kharel
Rip
Bijaya Luintel Adhikari
Hardik shrandali
Surya Bahadur Thapa
Rip
Prakriti Lama
rip
Bijay Gm
Rip
Sita Lamichhane
RIP.
Debraj Karki
Rip
Manisha Kc
Rip
Aakriti Paudel
Rip
Pabitra Bohara
Rip