आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घट्यो
सारांश
- नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
- आज (बुधबार) सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।
- आज छापावाल सुनको मु्ल्य ८९ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज (बुधबार) सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मु्ल्य ८९ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (मंगलबार) सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मुल्य आज ८९ हजार ३५० रुपैयाँ कायम भएको छ । मंगलबार ८९ हजार ६५० रुपैयाँमा खरिद बिक्रि भएको थियो । यसैगरी, चाँदीको मुल्य पनि घटेको छ । महासंघको अनुसार चाँदी आज १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया