नगर उपप्रमुखको घरबाट १६ लाख बराबर चोरी
सारांश
- भक्तपुर ।
- भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ ।
- सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ ।
सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् । प्रेस बिज्ञप्ती जारी गर्दै उनले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरीगर्नेलाई नियन्त्रणमा लिन माग गरेका छन् । नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले उपप्रमुखको घरमा भएको जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया