देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौँ, २३ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
  • नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा उहाँले जनताको सर्वोच्च निकाय स्थानमा रहेका जनप्रतिनिधिले उत्तेजनामा नआइकन संयमित भएर पार्टीको हितमा काम गर्न निर्देशन दिनुभएको हो ।
  • एमाले अध्यक्ष ओलीले भन्नुभयो, “जनताको सर्वोच्चता जनाउने स्थानमा रहेका जनप्रतिनिधिले आवेश, उत्तेजनामा नचाहिँदो काम गर्न र बोल्न हुँदैन, पार्टी र राष्ट्रको हितमा काम गर्नुपर्छ ।

काठमाडौँ, २३ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा उहाँले जनताको सर्वोच्च निकाय स्थानमा रहेका जनप्रतिनिधिले उत्तेजनामा नआइकन संयमित भएर पार्टीको हितमा काम गर्न निर्देशन दिनुभएको हो । एमाले अध्यक्ष ओलीले भन्नुभयो, “जनताको सर्वोच्चता जनाउने स्थानमा रहेका जनप्रतिनिधिले आवेश, उत्तेजनामा नचाहिँदो काम गर्न र बोल्न हुँदैन, पार्टी र राष्ट्रको हितमा काम गर्नुपर्छ ।” उहाँले सम्पूर्ण सांसदहरुलाई एक ढिक्का भएर पार्टीको निर्देशनमा काम गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताको म्यान्डेट जनप्रतिनिधिलाई भएको भन्दै सबै खालको सुधारका, प्रजातन्त्र र प्रशासनिक सुधारका लागि सबै खालको ‘सिन्डिकेट’ अन्त्य हुने बताउनुभयो । उहाँले आजदेखि बजेट अधिवेशन शुरु भएको हुँदा देश र जनताको हितप्रति निष्ठाका साथ आफ्नो कर्तव्यबाट पछाडि नहटी काम गर्न निर्देशन दिँदै सबै सांसदलाई रचनात्मक, सकारात्मक र समुचित ढंगले संसदमा प्रस्तुत भई भूमिका खेल्न निर्देशन दिनुभयो ।

बजेट निर्माण गर्दा सबै पक्षहरुसँग छलफल गर्न बजेट अधिवेशन तय गरेको र आफूले दिनुपर्ने सुझावहरु छोटो र लिखितरुपमा पेश गर्न उहाँले बैठकमा सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका चरणमा पर्याप्त मात्रामा कानून निर्माण र संशोधन गर्नुपर्ने उल्लेख गर्दै कानूनको अभावबाट संविधान, सरकार, विकास निर्माणका काम नरोकिकन काम गर्न कानून निर्माण गर्ने काम भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार मुलुकमा परिवर्तन ल्याउन आएको स्पष्ट पार्दै सो अभियानमा सबै एक ढिक्का भएर सामेल हुन निर्देशनसमेत दिनुभयो । एमाले संसदीय दलका नेता ओलीले सरकारले छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउँदै लैजाने र सबै राष्ट्रहरुसँग समुचित ढंगले सम्बन्ध अगाडि बढाइने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली
आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ
राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ
काभ्रेपलाञ्चोकमा ४३ मतदान केन्द्र थप
काभ्रेपलाञ्चोकमा ४३ मतदान केन्द्र थप
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
परासीको हाटबजार दुर्गन्धित
परासीको हाटबजार दुर्गन्धित
३३ किलो सुन पकरण: २८ करोड रुपैयाँ बराबरको धनमाल राष्ट्र बैंकको जिम्मा
दाङ र कालीकोटमा पनि देखियो दादुरा
दाङ र कालीकोटमा पनि देखियो दादुरा
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि  उल्लेख्य योगदान रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि उल्लेख्य योगदान रहेको बताउनुभयो ।

तपाईंले छुटाउनुभयो कि?