नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२० पटक हेरिएको
Shares
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत

सारांश

  • वीरगञ्ज, ३१ साउन ।
  • प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो भन्नेले अहिले सङ्घीयतालाई असफल पार्न खोजिरहेको आरोप लगाएका छन् ।
  • ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान)द्वारा बिहिबारआयोजित ‘सङ्घीयता कार्यान्वयनमा रेडियोको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, “मुलुकको संविधानलाई कार्यान्वयन गर्ने निकाय राम्रो छैन भने त्यो संविधान प्रभावकारी रुपमा लागू हुन सक्दैन ।

वीरगञ्ज, ३१ साउन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो भन्नेले अहिले सङ्घीयतालाई असफल पार्न खोजिरहेको आरोप लगाएका छन् । ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान)द्वारा बिहिबारआयोजित ‘सङ्घीयता कार्यान्वयनमा रेडियोको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, “मुलुकको संविधानलाई कार्यान्वयन गर्ने निकाय राम्रो छैन भने त्यो संविधान प्रभावकारी रुपमा लागू हुन सक्दैन ।” मुख्यमन्त्री राउतले विगतमा जुन समुदायले वर्तमान संविधानको विरोध गरी रहेका थिए आज त्यही समुदायले संविधान कार्यान्वयन नहोस् भन्ने खेल खेलिरहेको उल्लेख गर्दै यदि कार्यान्वयन गर्ने निकाय राम्रो छ भने संविधान कार्यान्वयन भएरै छाड्नेछ भने ।

“संविधान भनेको जीवन्त दस्तावेज हो, जसलाई निरन्तर सुधार गर्दै जाने हो,” उनले भने, “अहिले पनि संविधानलाई कसरी असफल बनाउने तत्वहरुले नै सङ्घीयता असफल भएको भन्ने गरेकोछ ।” मुख्यमन्त्री राउतले लाखाैँ मानिसको आन्दोलनले ल्याएको सङ्घीयतालाई कसैले समाप्त पार्न नसकिने उल्लेख गर्दै प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि मिडिया मैत्री कानून ल्याउन लागेको जानकारी दिए । भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गर्न सरकारले सुशासनसम्बन्धी ऐन ल्याउन लागिएको बताउँदै उहाँले आफ्नो सरकारले प्रदेश प्रहरी ऐन ल्याएको जानकारी दिए । मुख्यमन्त्री राउतले जुन संविधानलाई टेकेर सङ्घीय सरकार निर्माण भएको हो, त्यही संविधानलाई टेकेर प्रदेश सरकार निर्माण भएकाले सङ्घीय सरकारले प्रदेश सरकारमाथि अङ्कुश लगाउनु संविधानको भावनाविपरीत हुने धारणा व्यक्त गरे ।

बान प्रदेश नं २ का संयोजक आरसी यादवको सभापतित्वमा भएको सो कार्यक्रममा बानका केन्द्रीय अध्यक्ष चन्द्र न्यौपाने, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सभापति दीपेन्द्र चौहान र उपसभापति केसी लामिछाने तथा महासङ्घका जिल्ला अध्यक्ष श्याम बञ्जारालगायतले सङ्घीयता कार्यान्वयनमा सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। बानमा मुलुकभरीका २३० तथा प्रदेश नं २ का २४ वटा रेडियो स्टेशन आबद्ध छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Jagat Thapa

    संघीयता ठिक हैन रहेछ बल्ल हामी जनताले थाहा पाउदैछौ।

    Comment Author

    Narayan Babu Pandey

    प्रदेश सरकार को संघीयता मा रासन भत्ता खाने र सेबा सुबिधा लिने भन्दा अरु केही देखियन ।यसकारण प्रदेश सरकार को संघीयतामा आबस्यक देखियन।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्ने हल्ला
लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्ने हल्ला
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने  – स्वास्थ्य मन्त्री गगन थापा
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने – स्वास्थ्य मन्त्री गगन थापा
राष्ट्रियसभाको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
गायिका समीक्षाले दिइन् साइबर क्राइमको उजुरी
गायिका समीक्षाले दिइन् साइबर क्राइमको उजुरी
यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?
यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?
बलात्कार आरोपी सांसद बानियाँ निलम्बित
बलात्कार आरोपी सांसद बानियाँ निलम्बित
कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो
कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो
मोदी र देउवाद्वारा शिलान्यास भएको भारतीय विहारको निर्माण सुरु
मोदी र देउवाद्वारा शिलान्यास भएको भारतीय विहारको निर्माण सुरु

तपाईंले छुटाउनुभयो कि?