नेपालगञ्जमा सरकारी जमिन संरक्षण गरिँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
३० पटक हेरिएको
Shares
नेपालगञ्जमा सरकारी जमिन संरक्षण गरिँदै

सारांश

  • राँझा ।
  • नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन संरक्षणमा चासो देखाएको छ ।
  • सरकारी जमिनमा भएको अतिक्रमण छुटाउँदै तारबार गरेर संरक्षण गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए ।

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन संरक्षणमा चासो देखाएको छ । सरकारी जमिनमा भएको अतिक्रमण छुटाउँदै तारबार गरेर संरक्षण गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए ।

उनका अनुसार उपमहानगरका २३ वटै वडामा रहेको सरकारी जमिन पहिचान गरी संरक्षणका लागि पहल भइरहेको छ । वडा नं १ मा करिब एक कठ्ठा सरकारी जमिनको अतिक्रमण हटाएर तारबार गर्ने प्रक्रिया सुरु भएको छ ।

नेपालगञ्ज–१ विश्वनाथ टोलमा स्थानीयद्वारा कब्जा गरिएको सरकारी जमिनको अतिक्रमण हटाएर संरक्षणको लागि सबै प्रक्रिया अगाडि बढाइएको त्यहाँका वडाध्यक्ष प्रमोद रिजालले बताए ।

स्थानीयवासी चन्द्रकला उप्रेतीले सरकारी बाटो कब्जा गरी अन्य व्यक्तिको आवागमनमा अवरोध गराएको जनगुनासोपछि वडा कार्यालयले बुझ्दै जाँदा सरकारको नाममा भएको जग्गा अतिक्रमण गरेको पाइएकाले त्यहाँ निर्मित अस्थायी संरचना हटाएर संरक्षणको लागि तारबार गर्न लागिएको उनको भनाइ थियो ।

सार्वजनिक जग्गा अतिक्रमण हटाउने क्रममा आफूलाई बारम्बार विवादमा पार्न खोजिएको र अनावश्यक लाञ्छना लाउन खोजिएको वडाध्यक्ष रिजालले गुनासो गरे ।

उनले अतिक्रमणबाट छुटाइएको एक कठ्ठा जग्गामध्ये केही स्थानीयवासीलाई आवागमनमा छोडेर बाँकी जग्गामा तारबार गरिने बताए । स्थानीयवासी दत्तप्रसाद आचार्यले वडा कार्यालयले कानुनसम्मत् काम गरेकाले आफूहरुको साथ रहेको बताए ।

सरकारी जग्गा संरक्षण गर्ने क्रममा विवाद हुन नदिन नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राईसहित जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाम गठबन्धनको बहुमतपछि मोदीले ओलीलाई के भन्लान् ?
बाम गठबन्धनको बहुमतपछि मोदीले ओलीलाई के भन्लान् ?
कमल थापाले भने, ‘पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छुु’
कमल थापाले भने, ‘पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छुु’
Steer Clear Of That With all your Russian Deliver Order Better half
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा  जनमोर्चा नेपाल पनि सामेल
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा जनमोर्चा नेपाल पनि सामेल
एमाले नेता महेश बस्नेतले मतदान गरे
एमाले नेता महेश बस्नेतले मतदान गरे
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
डिस होमको आकर्षण नेपालभर बढ्दो
डिस होमको आकर्षण नेपालभर बढ्दो
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
‘माअाेवादी सक्कली राष्ट्रवादकाे पक्षमा छ, एमाले र माेर्चाजस्ताे नक्कली राष्ट्रवाद हाेइन’
‘माअाेवादी सक्कली राष्ट्रवादकाे पक्षमा छ, एमाले र माेर्चाजस्ताे नक्कली राष्ट्रवाद हाेइन’
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने

तपाईंले छुटाउनुभयो कि?